मेगा बैंकको २५ प्रतिशत हकप्रद खुल्यो, वोमी माइक्रोको भदौ १३ गतेदेखि

Aug 11, 2016 merolagani

मेगा बैंक (MEGA) ले आफ्ना शेयरधनीका २५ प्रतिशत हकप्रद शेयर जारी गरेको छ । बैंकले शेयरधनीलाई चार बराबर एक (४ः१) का दरले हकप्रद निष्काशन गरेकोे हो । साउन ९ गतेसम्म कायम बैंकका शेयर धनीले मात्रै बैंकको हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् । त्यस्तै वोमी माइक्रोफाइनान्स (WOMI) ले भदौ १३ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।



बैंकले एक सय रुपैयाँ दरको ८१ लाख एक हजार ४ सय ३८ कित्ता शेयर निष्कासन गरेको छ । बैंकका शेयरधनीले साउन २७ गतेदेखि भदौ २९ गतेसम्म हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् ।

मेगा बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । बैंकका शेयरधनीले मेगा बैंकका सबै शाखा र ग्लोबल आइएमई क्यापिटलबाट हकप्रद शेयर भर्न सक्नेछन् ।

 

मेगा र पश्चिमान्चल गाभिएपछि मेगाको चुक्ता पूँजी ३ अर्ब २५ करोड पुगेको छ । २५ प्रतिशत हकप्रद शेयर निष्काशन पछि बैंकको चुक्ता पुँजी ४ अर्ब ५ करोड रुपैयाँ हुनेछ। बैंकले आगामी असार मसान्तसम्म चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । अर्को बर्ष एक अर्बसम्म पूँजी भएको एउटा कम्पनीलाई आफुमा गाभ्ने र हकप्रद र बोनसबाट चुक्ता पूँजी ८ अर्ब पुर्याउने योजना मेगाको छ ।

मर्जरपछि एनएमबी र मेगाको प्रगति नै प्रगति,खराब कर्जा घटाएर नाफा उच्च

बैंकले गत आर्थिक बर्षमा ५५ करोड २० लाख खुद नाफा कमाएको छ । अघिल्लो बर्ष ३४ करोड ६२ लाख नाफा कमाएको बैंकको नाफा २० करोड ५८ लाख अर्थात ५९ प्रतिशतले बढी हो ।

 

वोमी माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद भदौ १३ गतेदेखि

यस्तै वोमी माइक्रोफाइनान्सले पनि भदौ १३ गतेदेखि ५० प्रतिशत अर्था दुई बराबर एकका दरले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको चौथो वार्षिक साधारणसभाले पचास प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो । बैंकको हकप्रदमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ५ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

वोमी माईक्रोफाईनान्सले गत आर्थिक बर्षमा १ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । ३ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २ करोड ५२ लाख रुपैयाँ रहेको छ । 

कम्पनीको निष्कृय कर्जा १.८५ प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४९.३३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६८.७२ गुणा रहेको छ ।

वोमि माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रेहको छ ।

हाल संस्थाको देशका विभिन्न ११ जिल्लाहरुका १६ वटा स्थानहरुमा शाखा कार्यालय सञ्चालनमा रहेका छन । यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट १५ जिल्ला कार्यक्षेत्रका लागि स्वीकृति प्राप्त गरेको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...................................................................................................................................................................

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।