एफपिओ निष्काशनको मोडालिटी तयार, निष्कासनको प्रक्रियामा रहेका कम्पनी यस्ता छन

Aug 12, 2016 merolagani

नेपाल धितोपत्र बोर्डले र्फदर पब्लिक अफरिङ (एफपिओ) निष्काशनको मोडालिटी सार्वजानिक गरेको छ । सुचिकृत कम्पनीहरुले आफुखुशी मूल्य निर्धारण गरी एफपिओ जारी गर्न थालेपछि बोर्डले मापदण्ड नै निर्माण गरेको हो । बोर्डको निर्णयसँगै नेपाल लाइफ लगायतका कम्पनीको एफपिओ निष्कासनको बाटो खुलेको छ ।

नेपाल लाइफ इन्सेरेन्सले आफुखुशी एफपिओको मूल्य निर्धारण गरेर नेप्से मार्फत मूल्य सार्वजनिक गरेपछि धितोपत्र बोर्डले नेपाल लाइफको एफपिओ निष्कासन प्रक्रिया रोकेर मापदण्ड बनाउन तर्फ लागेको थियो । 

बोर्डले बनाएको मादण्ड अनुसार एफपीओ गर्दा विभिन्न ४ वटा पक्षलाई प्राथमिकता दिनुपर्ने छ । जसअनुसार पूँजीकृत भएको आम्दानी, प्रति शेयर खुद सम्पतीको मूल्य, १८० दिनको औसत बजार मूल्य, भविश्यमा प्राप्त हुने नगद प्रवाहको बर्तमान मूल्यलाई आधार मानेर एफपीओको मूल्य निर्धारण गर्ने व्यवस्था गरेको छ । बोर्डका अनुसार तोकिएका चार आधारहरुबाट उपलब्ध भएको मुल्यको सामान्य औसत गणना गरी निर्धारण गर्नुपर्ने छ ।

अब यसरी निर्धारण हुनेछ एफपिओको मूल्य,सूचिकृत कम्पनीको एउटै मापदण्ड

बोर्डको यो निर्णयपश्चात एफपिओ निष्काशनको लागि मूल्य निर्धारण गरेर समेत रोकिएको नेपाल लाइफ इन्स्योरेन्स लगायत एफपिओ निष्कासन प्रस्ताव अघि सारेका कम्पनीको एफपिओ निष्कासनको लागि बाटो सहज भएको छ । 

 

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) को ३१ लाख कित्ता एफपिओ आउने

नेपाल लाइफले १ सय रुपैयाँ अंकित मुल्यमा २८५१ रुपैयाँ प्रिमियम मुल्य थपेर प्रतिकित्ता २९५१ रुपैयाँका दरले ३१ लाख कित्ता एफीओ जारी गर्ने घोषणा गरेको थियो । अब बोर्डले तोकेको मापदण्ड अनुसार नेपाल लाइफको एपपिओको मूल्य निर्धारण हुनेछ ।

बोर्डले बनाएको  विधीबाट एफपिओ जारी गर्दा हाल विभिन्न कम्पनीले राख्ने गरेको मूल्यभन्दा बोर्डको विधिअनुसार जारी गर्दा सेयर मूल्य कम हुने देखिन्छ । बोर्डले तोकेको मापदण्ड अनुसार एफपिओ जारी गर्दा नेपाल लाइफको मूल्य कम हुने अधिक सम्भावना रहेको छ । 

 

 

सगरमाथा इन्स्योरेन्स (SIC) ले एफपिओ निष्काशन गर्ने

सगरमाथा इन्स्योरेन्स कम्पनीले पनि पूँजी वृद्धिका लागि एफपिओ निष्काशनको योजना अघि सारेको छ । कम्पनीको केही समय अगाडि  सम्पन्न साधारणसभाले प्रिमियममा थप नयाँ शेयर निष्काशन गर्न सञ्चालक समितिलाई  अख्तियारी दिएको छ ।

एफपिओ निष्काशनका कम्पनीले आफ्नो प्रबन्धपत्रको दफा ५ मा उपदफा ४ थप गरेर प्रिमियममा शेयर निष्काशन गर्ने निर्णय गरेको छ । कति एफपिओ निष्काशन गर्ने भन्ने औपचारिक निर्णय भैनसकेको भए पनि प्रिमियम संकलनका लागि हुने मुल्य निर्धारणका आधारमा शेयरको संख्या तोकिने तयारी कम्पनीको छ ।

 

प्रिमियर इन्स्योरेन्स (PIC) ले ६ लाख ५९ हजार कित्ता एफपिओ जारी गर्ने

प्रिमियर इन्स्योरेन्सले पनि पूँजीवृद्धिका लागि फरदर पब्लिक अफरिङ (एफपिओ) गर्ने भएको छ । इन्स्योरेन्सको गत चैत्रमा सम्पन्न साधारणसभाले  साढे ६ लाख कित्ता सेयर एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

कम्पनीको सस्थापक समूहमा हाल रहेको ६० प्रतिशत शेयर हिस्सालाई ५१ प्रतिशत कायम गरि साधारण समूहको ४९ प्रतिशत पुर्याउन कम्पनीले एफपिओ गर्न लागिएको जनाएको छ । कम्पनील ६ लाख ५९ हजार ५ सय ६५ कित्ता सेयर एफपिओ निष्काशन गर्ने योजना बनाएको छ ।

बुटवल पावर (BPCL)को ३० लाख कित्ता

बुटबल पावर कम्पनी लिमिटेडले ३० लाख कित्ता फरदर पब्लिक अफरिङ (एफपिओ) जारी गर्देछ । कम्पनीको गत आसार २७ गते सम्पन्न साधारणसभाले ३० लाख कित्ता एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

अरुण भ्याली हाइड्रो (AHPC) को ३१ लाख ५७ हजार कित्ता

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पनि ३१ लाख ५७ हजार ८८३ कित्ता एफपिओ जारी गर्ने निर्णय संचालक समितिबाट पारित गरिसकेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी भाद्र १७ गते साधारणसभा समेत राखेको छ ।

मापदण्ड बन्नु अगावै शिखर ईन्स्योरेन्सले ५ लाख १० हजार ९८८ कित्ता  थप नयाँ शेयर (एफपीओ) निष्कासन गरेको थियो । जसको बाँडफाँड समेत भएर नेप्सेमा कारोबार भइरहेको छ ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले पनि ९० लाख कित्ता एफपिओ निष्कासन गरिसकेको छ । यो कम्पनीको पनि एफपिओ सूचिकृत भई कारोबार भईरहेकोे छ । बैकले प्रतिशेयर १ सय रुपैंयामा ५ सय १ रुपैंया प्रिमियम मुल्य थप गरि ६ सय १ रुपैंयाका दरले ९० लाख ६९ हजार ३ सय ८८ कित्ता नयाँ शेयर निष्काशन गरेको थियो ।

त्यसैगरि रिलायन्स लोटस फाइनान्स लिमिटेडले पनि ५ लाख १४ हजार २ सय ८६ कित्ता नयाँ  शेयर (एफपिओ) निष्काशन गरेको थियो ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।