उच्च जोखिममा पर्दैछन् अरुणभ्याली र अपीका सर्वसाधारण लगानीकर्ता, गुरुप्रसाद न्यौपानेको पारिबारिक कम्पनी भएको पुष्टि

Aug 14, 2016 Mero Lagani

- तिलक कोइराला
अपी पावरले २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गर्यो, शेयर बजारका एकथरी लगानीकर्ताहरु दौडादौड गरेर त्यस कम्पनीको शेयर किने । शेयर मूल्य तीन सयबाट साढे आठसय पुग्यो । अहिले अरुण भ्याली हाईड्रोपावरले बजारमा नौलो प्रचार थालेको छ थप नयाँ शेयर निश्काशन अर्थात एफपीओ जारी गर्ने ।

अपीमा दौडिएका तिनै लगानीकर्ताहरु त्यसैगरी अरुणको शेयर किन्न दौडधुप गरिरहेका छन् । तर त्यसरी दौडधुप गर्नेहरुलाई के थाहा आफुहरुको लगानी उच्च जोखिममा पर्दैछ भन्ने कुरा । अरुणभ्याली हाईड्रो र अपी पावर दुबै गुरुप्रसाद न्यौपानेको पारिवारिक कम्पनी भएको स्पष्ट भएको छ ।
 
दुबै कम्पनीको संचालक समितिमा गुरु न्यौपाने अध्यक्ष छन् र बहुमत संचालक पनि आफ्नै तेह्रदिने नातेदार । जब एउटै ब्यक्ति दुबै कम्पनीको अध्यक्ष छ र आफ्ना नातागोतालाई संचालक समितिमा भरेर कम्पनी कब्जा गरिएको छ भने त्यहाँ सर्वसाधारणले गर्ने लगानीको जवाफदेहिता र सुरक्षाको सवाल गंभीर रुपमा उठ्नु स्वभाविक छ । अरुण भ्याली हाईड्रोपावर कम्पनीको वेभसाईटमा उल्लेखित सात सदस्यीय संचालक समितिमा चार जना त गुरुप्रसाद न्यौपानेकै तेह्रदिने नातेदार छन्, जसले कम्पनीको सम्पूर्ण निणन्त्रण कायम गर्दछ ।
 
त्यस्तै अपी पावरको ६ सदस्यीय संचालक समितिमा चारजना त न्यौपानेकै नातेदार छन् । दुबै संचालक समितिमा न्यौपाने परिवार भन्दा बाहिरका केही ब्यक्तिहरु भए पनि उनीहरुले कम्पनीमा नियन्त्रणको हैसियत राख्दैनन् र केही त न्यौपानेकै मिलेमतोमा संचालक भएकाहरु हुन् भनिन्छ । एक अर्ब चुक्ता पूँजी भएको अपी पावरले दुई सय प्रतिशत हकप्रद शेयर सर्बसाधारणलाई भिडाएर थप दुई अर्ब रुपैयाँ जम्मा पार्ने अभियान चालु राखेको छ भने अरुणभ्यालीले पनि साढे ३१ लाख एफपीओ जारी गरेर रकम उठाउँन खाजेको छ ।
 
यी दुबै कम्पनीहरुमार्फत नयाँ बिद्युत आयोजनाहरुमा लगानी गर्न भन्दै थप पूँजी संकलन गर्न खोजिएको हो । जलबिद्युत आयोजना निर्माण गर्न धेरै पूँजी चाहिन्छ, लगानी जुटाउन कठिन छ, तत्काल प्रतिफल प्राप्त हुँदैन र पनि त्यहाँ हुने लगाानीलाई प्रोत्साहित गर्नेपर्छ । तर पारिबारिक नियन्त्रणमा रहेको कम्पनीले यत्ति धेरै रकम उठाएर त्यसको सदुपयोग भएन भने कसले जिम्मेवारी लिने भन्ने प्रश्न गंभीर रुपमा उठेको छ । यो कसैको नियतसँग सम्बन्धित छैन, प्रामाणिक घटनाले नै देखाएको छ ।
 
केही बर्ष अघि एनबी समूहका जीतबहादुर श्रेष्ठ दाजुभाईले नेशनल हाईड्रोमा सर्बसाधारणबाट लगानी उठाएर आफुखुशी खर्च गर्दा त्यसको पीडा अहिलेसम्म सर्बसाधारणले भोग्नुपरिरहेको छ । अरुण र अपीमा उठाईने सर्वसाधारणको पैसा पनि दुरुपयोग हुँदैन भन्ने ग्यारेन्टी गुरु न्यौपानेको परिवार बाहेक कसले लिन्छ ? अरुणभ्याली हाईड्रोपावरमा गुरु न्यौपाने तथा उनको परिवारको नाममा जम्माजम्मी ६ प्रतिशत मात्र शेयर रहेको खुल्न आएको छ तर संचालक समिति पुरै उनकै कब्जामा छ । बाबु अध्यक्ष, छोरा , भतिज, बुहारी संचालक भएको कम्पनीमा सर्बसाधारणले के आधारमा लगानी बढाउने ? लगानी डुब्दैन भनेर त्यहाँ प्रतिनिधित्व गर्ने सर्वसाधारण संचालकले ग्यारेन्टी लिनसक्छन् ?
 
केही समयपहिले अरुणभ्यालीले एक बराबर एकका दरले हकप्रद शेयर जारी गरेर चुक्ता पूँजी ५० करोडबाट एक अर्ब बनाएको थियो । त्यही बेला शेयरको भाऊ प्रतिकित्ता ६०० भन्दा माथि पुर्याएर गुरु न्यौपाने समूहले सस्तोमा पहिले किनेको शेयर महंगोमा सर्वसाधारणलाई भिडाएर पैसा कमाएका थिए । अहिले चुक्ता पूँजी एक अर्बबाट डेढ अर्ब बनाउन एफपीओ जारी गर्ने भनिएको छ तर लगानी सुरक्षाको ग्यारेन्टी नभएकाले सर्बसाधारणको लगानी जोखिममा पर्ने निश्चित छ ।
 
त्यस्तै अबस्था अपी पावरमा पनि देखिएको छ । अपी पावरले दुईसय प्रतिशत हकप्रद जारी गर्ने निर्णय सार्वजनिक गरेपछि शेयरको भाऊ आकाशिदा त्यस कम्पनीका प्रबद्र्धकहरुले पहिले नै सस्तोमा उठाएर राखिएको सबै साधारण शेयरहरु महंगोमा सर्वसाधारणलाई बेचेर पैसा जम्मा गरेका छन् भने अहिले भित्रभित्रै संस्थापक शेयर पनि प्रति कित्ता ३०० रुपैयाँदेखि ४०० रुपैयाँमा बिक्री गर्ने क्रम चलिरहेको छ । शेयर महंगोमाा सर्वसाधारणलाई बेच्ने र हकप्रदको भारी बोकाएर सकेसम्म पैसा धुत्ने नियोजित अभियान रहेको देखिन्छ ।
 
अपी पावरले हकप्रद बिकाउनकै लागि बल्लतल्ल केही करोड रुपैयाँ जुटाएर गत बर्षको खुद नाफा भन्दै पाँच प्रतिशत बोनस दिने नाममा सर्बसाधारण्लाई झुक्याउँन खाजेको छ । अरुण र अपीमा सवसाधारणले गर्ने लगानीको सुरक्षाबारे जिज्ञासा राख्दा गुरुप्रसाद न्यौपानेले नबोल्ने भन्दै फोन काटे भने अरुण र अपीका कर्मचारीहरु बोल्न चाहेनन् ।
 
जलबिद्युत क्षेत्रमा नियमनकारी निकाय नहुनुले जथाभावी सर्वसाधारणबाट रकम उठाउने र दुरुपयोग गर्ने क्रम बढेको छ । न्यौपाने समूहले पनि यही कमजोरीमा टेकेर सर्बसाधारणबाट रकम असुली र मनलाग्दी प्रयोगको उपाय खोज्न अरु उत्साहित बनेको बताईन्छ । यसरी एउटै ब्यक्ति र परिवारको कब्जामा रहेको कम्पनीलाई अर्बौ रुपैयाँ बराबरको हकप्रद र एफपीओ जारी गर्न दिएर सर्बसाधारणको लगानी दुरुपयोग भयो भने नेपाल धितोपत्र बोर्ड चाँही जवाफदेही बन्छ कि बन्दैन ? मुख्य सवाल यहीँ छ । 
- देशकोखबर डटकमबाट साभार

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 
comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।