हकप्रद पारित गर्न सानिमा हाइड्रोले बोलायो साधारणसभा, बागमतीले १४ प्रतिशत बोनश दिने

Aug 24, 2016 merolagani

पश्मिाञ्चल फाइनान्सको साधरणसभाले के गर्देछ ?

सानिमा माई हाइड्रोपावर लिमिटेड (SHPC) ले शतप्रतिशत अर्थात एक बराबर एक हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न आगामी भदौ ३१ गते बार्षिक साधारण सभा डाकेको छ । यता सानिमा बैंकले किन्ने सम्झौता गरेको बागमती डेभलपमेन्ट बैंक (BGDBL)ले आफ्ना लगानीकर्तालाई १४ प्रतिशत बोनश शेयर दिने प्रस्ताव गरेको छ । त्यस्तै  पश्मिाञ्चल फाइनान्स (PFC)ले काष्ठमण्डप डेभलपमेन्टसँग एक्विजिशनमा जाने प्रस्ताव साधारणसभाबाट पारित गर्देछ ।


शतप्रतिशत हकप्रद दिने सानिमा  हाइड्रोको अवस्था यस्तो छ

सानिमा माई हाइड्रोपावर लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एक हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न आगामी भदौ ३१ गते बार्षिक साधारण सभा डाकेको छ ।

 

सानिमा माइ हाइड्रोले गर्यो शतप्रतिशत हकप्रदको निर्णय, निर्णय अघि यसरी बढाइयो शेयर मुल्य

 

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड ५० लाख रुपैंयाँ रहेको छ । हकप्रद शेयर निष्काशनपछि कम्पनीको पुँजी दुई अर्ब ११ करोड रुपैंयाँ पुग्नेछ । सोही साधारण सभाले कम्पनीको आगामी कार्यकालका लागि पाँच सदस्यिय नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

हालसम्म कम्पनीले २२ मेगावाट क्षमताको माई जलविद्युत आयोजना र ७ मेगावाटको माई क्यासेट जलविद्युत आयोजना निर्माण सम्पन्न गरेर उत्पादन आरम्भ गरिसकेको छ ।

गत आर्थिक वर्षमा मात्र कम्पनीले ५ करोड ६२ लाख ९९ हजार रुपैंया खुद नोक्सान व्यहोरेको छ । साथै कम्पनीका प्रतिशेयर आम्दानी ५ रुपैंया ३४ पैसाले नकरात्मक बनेको छ । साथै कम्पनीको जगेडाकोष समेत अघिल्लो आर्थिक वर्षमा ३ करोड ८६ लाख २४ हजार रुपैंयाको रहेकोमा गत आर्थिक वर्षमा १ करोड ७६ लाख ७४ हजार रुपैंयाले ऋणात्मक बनेको छ ।

गत आर्थिक वर्षमा कम्पनीले २ आयोजनाको विद्युत बिक्रिबाट ४१ करोड ८८ लाख ७५ हजार रुपैंया आम्दानी गरेको छ । भूकम्पका कारण क्षती पुगेको आयोजनाहरुको मर्मतका क्रममा खर्च धेरै भए पछि कम्पनीको कमाई नकरात्मक बन्न पुगेको हो । त्यसै गरी २ आयोजनाले ऋणको व्याज अधिक मात्रामा तिर्नु परेको वित्तीय विबरणमा उल्लेख छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ९८ रुपैंया ३२ पैसा रहेको छ ।

 

सानिमा बैंकले किनेको बागमतीले १४ प्रतिशत बोशन दिने

बागमती बिकास बैंकले १४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंकले कर प्रयोजनको लागि ०.७ प्रतिशत नगद लाभांशको पनि प्रस्ताव गरेको छ ।

हाल ५ करोड ७५ लाख चुक्ता पुँजी रहेको बैंकले यो बोनस दिएपछि यो पुँजी ६ करोड ५५ लाख पुग्ने छ । बैंकको जगेडामा १ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

बागमती डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षमा १ करोड २ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले यसअवधिमा ५८ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३५ करोड ४२ लाख कर्जा लगानी गरेको छ ।

बैंकले प्रोभिजनमा ४५ लाख रुपैयाँ राखेको छ भने ४९ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । बैंकको प्रति शेयर आम्दानी १७ दशमलव ७४ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात २२ दशमलव ८९ गुणा, प्रति शेयर नेटवर्थ १ सय २७ दशमलव ३० रुपैयाँ र तरलता अनुपात ४९ दशमलव ७२ गुणा रहेको छ ।

 

पश्चिमाञ्चल फाइनान्नास काष्ठमण्डप डेभलपमेन्ट बैंकमा विलिन हुने

पश्चिमाञ्चल फाइनान्स काष्ठमण्डप डेभलपमेन्ट बैंकमा विलिन हुने भएको छ । फाइनान्सको आज बस्ने साधारण सभाले एक्विजिशन सम्बन्धी प्रस्ताव पारित गर्दे छ ।

साथै कम्पनीको साधारणसभाले फाइनान्सका लगानीकर्तालाई १५ प्रतिशत बोनश समेत पारित गर्देछ भने हप्रदको प्रस्ताव फिर्ता लिदै छ । एक्विजिशन पश्चात चार बराबर एकको अनुपातमा हकप्रद जारी गर्ने भएपछि फाइनान्सले आफ्नो १:०.७५ अनुपातमा हकप्रद दिने प्रस्ताव फिर्ता लिन लागेको हो ।

पश्चिामाञ्चल फाइनान्सको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ ।

२०७४ आषाढ मसान्तसम्म राष्ट्रिय स्तरको विकास बैंकका लागि तोकिएको पूँजी २ अर्ब ५० करोड पुर्याउने क्रममा दुई संस्था बीच खरीद बिक्री सम्झौता भएको थियो ।

काष्ठमाण्डपले एक्विजीशन पश्चात ४ बरावर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले आगामी पुस मसान्तसम्ममा १ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने भएको छ ।

..............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।