एनआईसी एशिया बैंकले बिस्तार गर्यो सात वटा शाखा, ७६ शाखाबाट दिंदैछ सेवा

Nov 08, 2016 Mero Lagani

एनआईसी एशिया बैंक (NICA) ले एकै पटक ७ साखा बिस्तार गरेको छ । केही दिन अघि मात्र २ शाखा बिस्तार गरेको बैंकले मंगलबार एकै पटक ७ शाखा बिस्तार गरेको हो । शाखा बिस्तारसँगै बैंकको कुल शाखा संख्या ७६ पुगेको छ ।

बैंकले मंगलबार देशका विभिन्न ७ स्थानमा एकै पटक शाखा बिस्तार गरेको हो । नुवाकोटको बट्टार शाखाको उद्घाटन नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले गरेका छन् । त्यसै गरी कैलालीको अत्तरीया शाखा अत्तरीया उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त रोकाया, कास्कीको लेखनाथ शाखाको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले उद्घाटन गरेका छन् ।

त्यसै गरी बागलुङ शाखाको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी, कास्की बिरौटा शाखाको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे तथा नवलपरासीको कावासोती शाखाको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश पौडेलले उद्घाटन गरेका छन् । नवलपरासीको दलदले शाखाको उद्घाटन भने बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले गरेका छन् ।

वाणिज्य बैंकमा अग्रणी स्थानमा रहँदै आएको एनआईसीले मंगलबारदेखि ७६ शाखा तथा ६९ एटीएम बुथबाट वित्तीय सेवा दिन थालेको हो । अघिल्लो पटक बैंकले मोरङको उर्लाबारी तथा बिराटनगरको पोखरीयामा शाखा बिस्तार गरेको थियो ।

बैकले गत असोज मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६ प्रतिशत बढी खुद नाफा कमाएको छ । पूँजी बढाउने क्रममा पनि बैंकले खुद नाफा १५ करोडबाट २६ करोड पुर्याएको हो ।

बैंकको हालै सम्पन्न १९ औं वार्षिक साधारण सभाले बैंकका शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ भने बोनस बितरण पश्चात बन्ने पूँजीको प्रतिशत हकप्रद शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरिसकेको छ । २६ प्रतिशत बोनस बितरण पश्चात एनआईसीको चुक्ता पूँजी ५ अर्ब ८१ करोड रुपैंया पुगेको छ । यो पूँजीको १५ प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ५९ करोड रुपैंया पुग्नेछ ।

एनआईसी एशिया बैकको आक्रामक विस्तार योजना, यसै बर्ष ४० शाखा थपिने

 

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।