आगामी माघबाट लागु हुने भयो खातामै पैसा रोकिने आस्बा प्रणाली

Nov 09, 2016 merolagani

- सार्वजनिक निष्काशन देखि बाँडफाँड २० दिनभित्र
नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा आगामी माघबाट आस्बा प्रणाली लागु गर्ने भएको छ । यो प्रणाली लागु भएपछि सार्वजनिक निष्काशन प्रकृया थप सरल, व्यवस्थित, पारदर्शी तथा छिटो छरितो हुने र सार्वजनिक निष्काशन प्रकृयामा ठूलो फड्को मारी धितोपत्रको प्राथमिक बजारमा संरचनात्मक परिवर्तन हुने बोर्डले विश्वास लिएको छ ।

बोर्डले “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” स्वीकृत गर्दे यस व्यवस्थालाई २०७३ माघदेखि लागू गर्ने जनाएको हो । बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा नेपाल बैकर्स संघ तथा नेपाल मर्चेन्ट बैकर्स संघका प्रतिनिधि सहितको समितिले भारत र बंगलादेशको अभ्यास तथा नेपालको वित्तीय प्रणालीको व्यवहारिक पक्ष समेतलाई मध्यनजर गर्दै “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” तयार पारेको हो ।

जस अनुसार लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा लगानी गर्न चाहेको रकम आफ्नो खाता रहेको बैंकमा रोक्का राख्न सक्नेछन । त्यसका लागि लगानीकर्ताले बोर्डले तोकेको ढाँचा अनुसारको विद्युतीय रुपमा धितोपत्र खरिदका लागि आवेदन गर्नुपर्नेछ ।

धितोपत्र बाँडफाँट भएपश्चात् धितोपत्र पाउने लगानीकर्ताको खाताबाट निष्काशनकर्ता कम्पनीको खातामा खरिद रकम हस्तान्तरण हुने र धितोपत्र नपाएको अवस्थामा लगानीकर्ताको खातामा रोक्का रहेको रकम फुकुवा हुने व्यवस्था रहेको छ ।

यो प्रणाली लागू भएसँगै विद्यमान धितोपत्र बाँडफाँडको समयमा उल्लेख्य सुधार हुने विश्वास बोर्डको छ । विद्यमान प्रणाली अनुसार सार्वजनिक निष्कासनदेखि बाँडफाँटसम्म ७० दिनसम्म समय लाग्ने गरेकोमा यो प्रणाली लागु भएपछि यी सबै काम २० दिनभित्रमा सम्पन्न हुने दाबी बोर्डको छ ।

साथै निष्काशित धितोपत्रको सूचिकरण समेत छिटो गर्न सम्भव भई लगानीकर्ताहरुले बजारबाट छिटो निकास पाई लाभान्वित हुने सक्नेछन् । लगानीकर्ताहरुले बैंक मार्फत आवेदन गर्दा हरेक लगानीकर्ताको पहिचान (केवाईसी) को जानकारी राख्न सहयोग पुग्ने र वित्तीय क्षेत्रमा पारदर्शिता अभिबृद्धि हुने, वित्तीय बजारमा अर्वाैं रकम बिना प्रतिफल होल्ड भई बस्ने अवस्थाको अन्त्य हुने, छदमभेषी लगानीकर्ताहरु न्यूनिकरण भई बास्तविक लगानीकर्ताहरु लाभान्वित हुने विश्वास बोर्डको छ ।

यस प्रणालीमा हाललाई नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी न्यूनतम चुक्ता पुँजी कायम भएको, कम्तीमा २० जिल्लामा शाखा कार्यालय भई सबै शाखामा एबिबिएस बैंकिङ्ग सुविधा उपलब्ध भएको, काठमाण्डौं उपत्यका भित्र कम्तीमा चार शाखा कार्यालय भएको, धितोपत्रको सार्वजनिक निष्काशन भई सूचीकृत भएको लगायतका मापदण्ड पूरा गरेका “क” र “ख” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले बोर्डबाट अनुमति लिई सार्वजनिक निष्काशनको दरखास्त संकलनको काम गर्न सक्ने र यसको सफल कार्यन्वयन पश्चात् “ग” वर्गका वित्तीय संस्थाहरुले समेत उक्त कार्य गर्न सक्ने व्यवस्था गर्न सकिने बोर्डले बताएको छ ।

शेयर निष्काशनमा आस्बा प्रणाली लागू गर्ने धितोपत्र बोर्डको तयारी कहाँ पुग्यो ? साउनदेखि लागू नहुने पक्का

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।