एभरेष्ट बैंकले जम्बो लाभांस सहित गर्यो तीन बराबर एक कित्ता हकप्रदको प्रस्ताव

Nov 16, 2016 Merolagani

एभरेष्ट बैंक (EBL) ले नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि जम्बो आकारको बोनस बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले ७० प्रतिशत बोनस बितरण गरी बन्ने पूँजीको ३ बराबर १को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव समेत गरेको छ ।

‘बैंकले गत वर्षको कमाई तथा जगेडा कोषबाट बोनस बितरण पश्चात बन्ने झण्डै ४ अर्ब ६८ करोड पूँजीको ३ बराबर १ कित्ताका दरले हकप्रद निष्काशन गर्ने प्रस्ताव भएको छ ।’ मेरोलगानीसँग कुरा गर्दै बैंकका एक अधिकारीले भने ।

 

अहिले २ अर्ब ७५ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकले बोनसबाट पूँजी ४ अर्ब ६७ करोड बढी बनाउने निर्णय गरेको हो । यस अघि पटक पटक राष्ट्र बैंकमा ५० प्रतिशत बोनसको प्रस्ताव लिएर गएको बैंकलाई राष्ट्र बैंकले दिएको दबाबका कारण नै ८० प्रतिशत बोनस प्रस्ताव गरेको बुझिएको छ ।

नेपाल राष्ट्र बैंकले यस अघिको बैंकको प्रस्ताव अस्विकार गरेका कारण ७० प्रतिशत बोनस सहजै स्वीकृत हुँदा बैंकको पूँजी झण्डै १ अर्ब ९३ करोड रुपैंयाले बढ्ने छ । बोनस बितरण पश्चात कायम हुने पूँजीबाट बैंकले १ अर्ब ५६ करोड रुपैंया बराबरको हकप्रद निष्काशन गरी यसै आर्थिक वर्षको अन्त्यसम्मा चुक्ता पूँजी ६ अर्ब २४ करोड रुपैंया पुर्याउने छ ।

आगामी आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले अरु १ अर्ब ७६ करोड रुपैंया पूँजी वृद्धि गर्नुपर्ने हुन्छ । बैंकको जगेडा कोषमा अहिले नै ६ अर्ब ३८ करोड रुपैंया सञ्चित भएका कारण आगामी वर्ष बैंकले चालु आर्थिक वर्षको कमाईबाट बोनस बितरण गरेर नै चुक्ता पूँजी ८ अर्ब पुर्याउने देखिन्छ । गत आर्थिक वर्षमा १ अर्ब ७३ करोड रुपैंया कमाई गरेको बै.कले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै ५१ करोड रुपैंया खुद नाफा गरी प्रतिशेयर आम्दानी ७७ रुपैंया १३ पैसा कायम गरेको छ ।

एभरेष्ट बैंकले जम्बो बोनस प्रस्ताव गर्ने आशमा केही दिनदेखि अधिक मात्रामा शेयर कारोबार हुँदै आएको बैंकको शेयर मूल्य पनि क्रमिक रुपमा माथि लाग्दै गएको थियो । यस क्रममा बुधबार बजार खुलेको केहीबेरमा नै ३ हजार ९ सय रुपैंयासम्म पुगेको प्रतिकित्ता शेयरमूल्य ३ हजार ७ सय ९५ रुपैंयामा अन्तिम पटक कारोबार भएको छ । बुधबार मात्रै एभरेष्ट बैंकको १ लाख १ हजार ८ सय ७९ कित्ता शेयर ३८ करोड ७२ लाख २४ हजार ५ सय रुपैंयामा किनबेच भएका थिए ।

मौद्रिक नीति मार्फत राष्ट्र बैंकले आगामी असार मसान्तसम्ममा चुक्ता पूँजी ८ अर्ब रुपैंया पुर्याउनु पर्ने व्यवस्थालाई अनिवार्य गरे पछि वाणिज्य बै.कहरु आफ्नो क्षमता अनुसारको योजना बनाएर पूँजी वृद्धि गर्ने चटारोमा छन् ।

एभरेष्ट बैंकले यसपटक गर्यो आकर्षक प्रगति, गत बर्षको बोनस सेयर कति आउँला ?

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।