सनराइज बैकद्धारा खगेन्द्र नवजीवन केन्द्रलाई सहयोग

Dec 02, 2016 merolagani

सनराइज बैंक लिमिटेड (SRBL) ले खगेन्द्र नवजीवन केन्द्र जोरपाटीमा आश्रित अपाङ्ग ब्यक्तिहरूलाई ५ थान ह्वीलचियर, ७८ थान न्यानो कम्वल र खाद्य सामग्री उपलब्ध गराएको छ । बैंकले अन्र्तगत अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरेको जनाएको छ ।


शुक्रबार एक समारोह बीच उक्त सहयोग सामग्रीहरु बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक समितिका सदस्य मालचन्द दुगड, एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले वितरण गरे ।

कार्यक्रममा बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले बैंकले अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा खगेन्द्र नवजीवन केन्द्रमा रहेका अपाङ्ग ब्यक्तिहरूलाई सहयोग सामाग्रीहरु वितरण गर्न पाएकोमा खुशी ब्यक्त गरे ।

यसै क्रममा खगेन्द्र नवजीवन केन्द्रका महासचिव यज्ञ उप्रेती र केन्द्रका संचालक भुपति संजेलूले केन्द्रको बारेमा जानकारी दिनुका साथै बैंकले पु¥याएको सहयोगका लागी कृतज्ञता व्यक्त गरे । 

नारायणी नेशनललाई किनेपछि सनराईज बैंकले यसरी गर्यो राईज

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।