सानिमा बैंकले ३० प्रतिशत हकप्रद निष्काशनको प्रक्रिया अघि बढायो,सिबिआईएल बिक्री प्रबन्धक

Dec 11, 2016 merolagani

सानिमा बैंक लिमिटेड (SANIMA) ले फेरि ३० प्रतिशत हकप्रद निष्काशनको प्रक्रिया अघि बढाएको छ । जसका लागि बैंकले सिबिआईएल क्यापिटल लिमिटेड (सिबिआईएल) लाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यस अघि सानिमाले नबिल इन्भेष्टलाई रजिष्ट्रारको काम लगाउँदै आएको थियो ।



अब सानिमा बैंकका लगानीकर्ताले शेयर सम्बन्धि सबै कामका लागि नयाँ शेयर रजिष्ट्रारकोमा जानु पर्ने हुन्छ । आइतबार सानिमा बैंक र सि.बि.आई.एल क्यापिटलबीच हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धमा दुई पक्षिय सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्द र सि.बि आई.एल क्यापिटलका नायवप्रमुखकार्यकारी अधिकृत नलिना श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सानिमा बैंकले १०:३ को अनुपातमा हाल कायम चुक्तापूँजीको ३० प्रतिशत अर्थात एक अर्ब उन्नासाठी करोड रुपैयाँ बराबरको एक करोड ५९ लाख १७ हजार ६ सय ७ किता हकप्रद शेयर निष्कासन गर्देछ ।

गत आर्थिक बर्षको मुनाफाबाट बैंकले १५ प्रतिशत बोनस शेयर वितरण तथा ५० प्रतिशत हकप्रद बिक्री गरेर चुक्तापूँजी ५ अर्ब २७ करोड रुपैयाँ पुर्याएको थियो । अब ३० प्रतिशत हकप्रद बिक्री गरेपछि बैंकको पुँजी ६ अर्ब ८६ करोड रुपैयाँ पुग्नेछ ।

... [हकप्रद भर्न छुट्ला है, हेर्नुहोस् कुन कम्पनीको कहिलेसम्म भर्नुपर्छ ? (आवेदन फारम र विबरण हेर्ने तरिका सहित)] ...

सानिमा बैंकको मेचीदेखि महाकालीसम्म ४१ वटाशाखा संजालतथा ४७ वटा ए.टि.एम रहेका छन ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।