फाईनान्स कम्पनीले पनि पाउने भए आस्बाबाट सेयर आवेदन संकलनको काम, हेर्नुहोस आस्बामा सहभागि अढाई दर्जन बैंकहरु कुन् कुन् हुन् ?

Jan 11, 2017 Merolagani

नेपाल धितोपत्र बोर्डले ग वर्गका वित्तीय संस्थाहरुलाई पनि आस्बा प्रणालीबाट सेयर आवेदन संकलन गर्न दिने भएको छ । यस अघि क र ख वर्गका वित्तीय संस्थालाई मात्र बोर्डले आस्बामा सहभागि गराउने भने पछि फाइनान्स कम्पनीहरुले आफुहरुलाई पनि धितोपत्र बोर्डले माघ १ गतेदेखि लागु गर्न खोजिएको आस्बा प्रणालीमा सहभागी गराउन माग गरेका थिए ।

‘नेपाल वित्तीय संस्था संघको अनुरोधलाई समेत दृष्टिगत गरी आगामी फागुन महिनादेखि नेपाल राष्ट्र बैंकबाट “ग” वर्गका इजाजतपत्र प्राप्त वित्त कम्पनीहरुलाई समावेश गराई यस प्रणालीलाई क्रमशः अनिवार्य गर्ने बोर्डको योजना रहेको छ ।’ धितोपत्र बोर्डद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले धितोपत्र बोर्ड र अन्य सरोकारवाला निकायहरुमा माग पत्र पेश गर्दै आस्बा प्रणालीमा सहभागी भएर काम गर्न आफुहरुलाई बंचित नगर्न अनुरोध गरेका पछि बोर्डले फाइनान्स कम्पनीहरुलाई पनि आस्बामा सहभागि गराउने निर्णय गरेको हो ।

सबै लगानीकर्ताले माघ १ देखि नै अनिवार्य रुपमा आस्बाबाट सेयर आवेदन गर्नु पर्ने छैन । यस सम्बन्धमा बोर्डले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘आस्बा प्रणाली हाल ऐच्छिक भएकोेले बोर्डले अनिवार्य नगरेसम्म बिद्यमान संकलन केन्द्र सम्बन्धी व्यवस्थामार्फत समेत लगानीकर्ताहरुले सार्वजनिक निष्काशनमा शेयर खरिदका लागि आवेदन गर्न सक्नेछन र यस सम्बन्धमा लगानीकर्ताहरुलाई जानकारी दिन बोर्डबाट सार्वजनिक सूचना समेत प्रकाशन गरिसकिएको छ ।’

बोर्डले माघ १ गतेदेखि निश्काशन हुने साधारण सेयरको आबेदनमा आश्बा प्रणाली लागु गर्ने तयारी गरेको छ । यसमा लगानीकर्ताको खातामै पैसा रोक्का गरेर आबेदन स्वीकार गरिने एप्लिकेशन सपोर्ट बाई ब्लक्ड एमाउन्ट प्रक्रिया अबलम्बन गरिने छ ।

आस्बा प्रणालीबाट कुन कुन बैंक मार्फत गर्न सकिन्छ सेयर आवेदन ?

नेपाल धितोपत्र बोर्डका अनुसार बुधबारसम्ममा २७ बैंकहरुलाई आस्बामा सहभागि गराईएको छ । यस्तो छ बैंकहरुको सूची

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।