खुल्यो फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको आइपिओ, यसरी गर्नुहोस आवेदन

Jan 22, 2017 Merolagani

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले सर्वसाधारणका लागि छ लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ । ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण सेयरका लागि सर्वसाधारण लगानीकर्ताले पहिलो पटक आस्बा प्रणालीबाट आवेदन गर्न पाउने भएका छन् । अहिलेको जसरी तोकिएको संकलन केन्द्रबाट पनि माइक्रोफाइनान्सको साधारण सेयरमा आवेदन गर्न सकिन्छ ।

एक सय रुपैयाँ अंकित मूल्यको यो आइपीओमा न्यूनतम ५० कित्ता र अधिकतम तीन हजार कित्तासम्मका लागि आवेदन दिनु पर्ने हुन्छ । सुनसरीको दुहबीमा केन्द्रीय कार्यालय रहेको संस्थाले निष्काशित सेयर मध्ये ३० हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ भने ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी पाँच लाख ४० हजार कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन गर्नु पर्ने हुन्छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको आइपिओमा छिटोमा माघ १२ गते र ढिलोमा माघ २३ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ । ईक्रा नेपाल लिमिटेडले फरवार्ड कम्युनिटीलाई आइपिओ ग्रेड ४ प्लशको प्रमाण पत्र दिइएको छ । यसले माइक्रोफाइनान्सको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको बुझाउँछ ।

कहाँ कहाँबाट गर्ने आवेदन ?

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्साल, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको मुख्य कार्यालय सुनसरी, दुबही तथा फरवार्डको अधिकांश शाखा कार्यालयबाट पनि आवेदन फारम लिन र बुझाउन सकिने व्यबस्था छ । यसैगरी, एभरेष्ट बैंक लिमिटेडको उपत्यकाको न्यूरोड, नयाँ बानेश्वर, पुल्चोक ललितपुर, भक्तपुरमा फारम भर्न सकिनेछ । उपत्यका बाहिर पोखरा, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, चितवन, तथा बुटवल शाखा कार्यालयबाट पनि फाराम लिन र बुझाउन सकिनेछ ।
माइक्रोफाइनान्सको आईपिओमा आस्बा प्रणालीबाट पनि आवेदन गर्न सकिनेछ । 

के हो एप्लिकेसन सपोर्टेड बाई ब्लक्ड एमाउन्ट अर्थात आस्वा ? यसरी गर्नुहोस सजिलै सेयर आवेदन

आइपिओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ पुग्नेछ । हाल कम्पनीको १४ करोड रुपैंया चुक्ता पूँजी रहेको छ । आइपिओ जारी गरेपछि कम्पनीमा संस्थापकको ७० तथा साधारण सेयरधनीको ३० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ ।
संस्थाले ३६ जिल्लाका करिब सवा लाख सेवाग्राहीलाई वित्तीय सेवा दिदै आएको छ । कम्पनीले चालु अर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड १५ लाख २९ हजार रुपैंया खुद नाफा कमाएको छ । माइक्रोफाइनान्सको जगेडा कोषमा ४१ करोड ८८ लाख २२ हजार रुपैंया सञ्चित छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।