सिद्धार्थ बैंकको डेढ लाख कित्ता सेयरको लिलामी खुल्यो

Jan 24, 2017 merolagani

सिद्धार्थ बैंक लिमिटेड (SBL) को एक लाख ५८ हजार पाँच सय १७ कित्ता सेयरको लिलामी बिक्री खुलेको छ । बैंकले गत कात्तिक ११ गते देखि मंसिर १५ गतेसम्म जारी गरेको हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा राखेको हो ।

बोलकबोल आवेदन फारम बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल अनामनगरका साथै सिद्धार्थ बैंकको केन्द्रीय कार्यालय हात्तिसारबाट समेत प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

बोलकबोल माघ १७ गते कार्यालय समयसम्म गर्न सकिनेछ भने माघ १८ गते दिउँसो ३ बजे सिद्धार्थ क्यापिटलमा बोलकबोल खोलिने बिक्री प्रबन्धकले जनाएको छ ।

बोलकबोलबाट सेयर किन्न ईच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ अंकित गरि सोभन्दा धेरै मुल्य तोकेर बोलपत्र फारम बुझाउन सक्नेछन् ।

साथै बैंकले गत आर्थिक बर्षको नाफाबाट प्रदान गर्ने ३९ प्रतिशत बोनस र साधारणसभा प्रयोजनका लागि माघ २० गतदेखि सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । बैंकले फागुन ५ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । साधारण सभाले ३० प्रतिशत हकप्रदको प्रस्ताव समेत पारित गर्देछ ।

गत कात्तिकमा २५ प्रतिशत हकप्रद बिक्री गरेको बैंकले हकप्रदलाई समेत बोनस दिदा बोनसदर ३९ प्रतिशत कायम भएको हो । लिलामीबाट सेयर सकार्नेले पनि बैंकको बोनस पाउनेछन् ।

किन घट्यो सिद्धार्थ बैंकको प्रति सेयर आम्दानी ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।