शिखर इन्स्योरेन्सले कति तोक्यो एफपिओको मूल्य ? प्रिमियरको अर्को तमासा

Jan 27, 2017 Merolagani

शिखर इन्स्योरेन्सले १० प्रतिशत थप नयाँ सेयर निष्काशन गर्नका लागि सेयरमूल्य निर्धारण गरेको छ । कम्पनीले १३ लाख ६२ हजार सात सय ८१ कित्ता थप नयाँ सेयर एफपिओ एक सय रुपैंया अंकित मूल्यमा १५२० रुपैंया प्रिमियम थप गरी १६२० मा निष्काशन गर्ने निर्णय गरेको छ । उता प्रिमियर इन्स्योरेन्सले पटक पटक फरक सूचना प्रवाह गर्दै लगानीकर्तालाई अन्योलमा पारेको छ । उसले निष्काशन गर्ने नयाँ सेयरको संख्या विपगतमा गलत भएको भन्दै शुक्रबार फेरी सेयर संख्या सार्वजनिक गरेको छ ।

शिखर इन्स्योरेन्सले पूँजीको क्रममा १३ लाख ६२ हजार सात सय ८१ कित्ता नयाँ सेयर निष्काशन गर्न लागेको हो । उसले एफपिओ निष्काशनबाट १३ करोड ६२ लाख ७८ हजार एक सय रुपैंया पूँजी बिस्तार गरी दुई अर्ब सात करोड १४ लाख २७ हजार रुपैंया प्रिमियम जगेडाकोषमा सञ्चित गर्नेछ ।

बिहीबार शिखर इन्स्योरेन्सको प्रतिकित्ता सेयर मूल्य १९५० रुपैंयामा किनबेच भएको थियो । शुक्रबार वित्तीय विबरण सार्वजनिक गरेको इन्स्योरेन्सले प्रतिसेयर आम्दानी ४४ रुपैंया सात पैसा कायम गरेको छ ।

शिखर ईन्स्योरेन्सले शतप्रतिशत पूँजी बढाउँदा खुद नाफा कस्तो रह्यो ?

उता नयाँ सेयर एफपिओको मूल्य निर्धारण गरेको प्रिमियर इन्स्योरेन्सले शुक्रबार सुचना निकाल्दै आफुले पहिले उपलब्ध गराएको सूचना गलत भएको जनाएको छ । यस अघि प्रिमियिरले छ लाख ९५ हजार पाँच सय ६५ कित्ता एफपिओ गर्ने भन्दै एक सय रुपैंया फेस भ्याल्लुमा ९२० प्रिमियम थप गरी १०२० रुपैंयामा सेयर निष्काशन गर्ने बताएको थियो । शुक्रबार सुचनाबाट उसले एफपिओको संख्या गल्तीका कारण ३६ हजार कित्ता धेरै भएको भन्दै छ लाख ५९ हजार पाँच सय ६५ कित्ता मात्र भएको जनाएको हो ।

हेर्नुहोस पुरानो सामग्री ... 

प्रिमियर इन्स्योरेन्सले एफपीओको मूल्य तोक्यो, कहिले होला निष्कासन ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।