कञ्चन डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद भर्ने आईतबार अन्तिम दिन

Feb 05, 2017 merolagani

कञ्चन डेभलपमेन्ट बैंक (KADBL) ले पुस १८ गतेदेखि बिक्री खुला गरेको ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ता हकप्रद शेयरमा आवेदन गर्ने म्याद आईतबार सकिँदैछ । बैंकले चुक्तापूँजीको ५० प्रतिशत हुन आउने कुल ९ लाख ९० हजार कित्ता हकप्रद बिक्री खुला गरेको थियो ।

बैंकको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, कञ्चन डेभलपमेन्ट बैंकको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालयहरु र ग्लोबल आइएमई बैंकका विभिन्न सात शाखाबाट आवेदन दिन सक्नेछन् ।

बैंकले मंसिर २९ गतेसम्म कायम सेयरधनीलाई हकप्रद शेयर बेचको हो । 

 ५० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पूँजी ३४ करोड ५५ लाख रुपैँया पुग्नेछ ।बैंकले फेरि चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पुस ९ गतेको साधारणसभाबाट पारित गरेको छ ।

हकप्रद माथि हकप्रद बेच्न लागेको कञ्चन बैंकले दोस्रो त्रैमासमा कति कमायो ?

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।