एसबिआई बैंकको एफपिओमा तपाईलाई सेयर पर्यो कि परेन ? नतिजा यसरी हेर्नुहोस्

Feb 05, 2017 Merolagani

नेपाल एसबिआई बैंकले आइतबार बाँडफाँड गरेको ६७ हजार सात सय ६७ कित्ता सेयर छ हजार सात सय ७० जनाले पाएका छन् । कुल ५७ हजार बढी आवेदन परेकोमा ५१ हजार बढी आवेदकले सेयर नपाउने भएका हुन् । हेर्नुहोस् नतिजा, तपाईलाई सेयर पर्यो कि परेन ?

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यािपटलका अनुसार बैंकको नयाँ सेयर छ हजार सात सय ७० जनालाई बाँडफाँड गरिएको जनाएको छ ।

उसका अनुसार बैंकको सबैभन्दा धेरै अर्थात ११ कित्ता एफपिओ जम्मा सात जनाले पाएका छन् भने एक जनाले १० दशमलव ८७ कित्ता सेयर पाएकोमा बाँकी छ हजार सात सय ६२ आवेदकले १० कित्ताका दरले गेलाप्रथाबाट सेयर पाएका छन् ।


बैंकको सेयर बाँडफाँडको नतिजा आईपिओ सेक्सनको आईपिओ रिजल्टमा गई कम्पनी (SBI) छनौट गरी आफ्नो विबरण भरेर सेयर परे नपरेको थाहा पाउनु होस् । यहाँ प्रकाशित नतिजामा आवेदन नम्बर ५७९७६ ले १० दशमलव ८७ कित्ता सेयर पाएका छन् । उक्त नतिजालाई हाम्रो सिष्टमले १० कित्ता मात्र देखाउन भएकाले यो एउटा आवेदनलाई परिमार्जिति गरी बुझिदिनु होला ।

एसबिआई बैंकको ११ कित्ता एफपिओ पाउने जम्मा सात जना, कति जनाले पाए १० कित्ता सेयर ?

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।