नेपाल बैंकमा प्रमुख कार्यकारी देबेन्द्रप्रताप शाहले कसरी गरे यस्तो कमाल ?

Feb 07, 2017 Merolagani

कुनै समयमा खराब कर्जाको भारीले झण्डै बिघटनको डिलमा पुगेर क्रमशः सुधारिदै आएको नेपाल बैंक(NBL)ले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा गुणात्मक फड्को मारेको बित्तीय बिबरण प्रकाशित गरेको छ । बैंकले खुद नाफामा गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा यस त्रैमासमा झण्डै ८२ प्रतिशतले बढोत्तरी गरी एक अर्ब ८९ करोड कमाएको छ, जुन मेरोलगानी डटकमले पहिले आँकलन गरे अनुसार छ । 

 खराब कर्जाको अनुपात घटाउनु, ब्याज आम्दानी र संचालन नाफा बढाउनु, पहिले औधी घाटामा रहेको जगेडा कोष दुई अर्ब रुपैयाँ बढीले नाफामा लैजानु, कर्मचारी र संचालन खर्च नियन्त्रणमा राख्ने प्रयास गर्नु, अथाह सम्पतिलाई ब्यवस्थित गरी केही बेच्नु लगायतका कुराहरुले नेपाल बैंकको प्रगति झल्काएको छ । यसमा प्रमुख कार्यकारी देबेन्द्रप्रताप शाह र नयाँ संचालक समितिको मेहनत पनि प्रतिबिम्बित भएको देखिन्छ । प्रमुख कार्यकारी शाहले धेरै सुधार गर्न खोजिएको हो तर सरकारको धेरै स्वामित्व र निर्णय प्रक्रियामा हुने ढिलाईले छिट्टै परिणाम ल्याउनु गाह्रो भयो भन्दै आएको कुरा उनका एक निकट सहयोगीले मेरोलगानी डटकमलाई सुनाए । 

हेर्नुहोस् नेपाल बैंकको प्रगति

 

#रकमलाई करोडमा देखाईएको छ ।

बैंकले आफुलाई सबल बनाउन डिप्रोक्स लघुवित्तको छ लाख कित्ता सेयर पनि बेच्दैछ । नेपाल बैंकले आफ्नो नाममा रहेका बिभिन्न कम्पनीका सेयर र सम्पति बेचेर धेरै कमायो भन्नेहरुलाई जवाफ दिन पछिल्ला त्रैमासमा ब्याज आम्दानी पनि बढाउँदै लगेको छ । उसका नियमित प्रकारका आम्दानीहरु बढ्दै जाँदा बैंक अझै सबल हुने दिशातिर गएको देखिन्छ ।

करिब दुई हजार सात सय कर्मचारीको बथान रहेको नेपाल बैंकमा पुराना सेवा निबृत्त भएर नयाँ जोश जाँगर, प्रबिधि र बैंकिड. शीप भएका युवा दस्ताको प्रबेश हुनु र आधुनिक बैंकिड.तर्फ फड्को मार्नुले धेरैलाई आशाबादी बनाएको छ । केही बर्ष अघिसम्म ढड्डा प्रणालीमा चलेको नेपाल बैंक अहिले लगभग सबै शाखा कम्युटरकृत प्रणालीमा आबद्ध भईसकेको छ ।

अरु बैंक लगानीयोग्य रकम नभएको भन्दै हल्ला गरिरहेको बेला नेपाल बैंकको कर्जा पूँजी र निक्षेप अनुपात अर्थात सीसीडी रेसियो ७५ हुनुले उसलाई यो चिन्ता नभएको स्पष्ट हुन्छ तर निक्षेप बृद्धिमा उसले खासै प्रगति गर्न नसकेको पनि यथार्थ हो । 

एक बर्ष अघि पूँजी कोष ९ प्रतिशतको हाराहारीमा रहेकोमा अहिले त्यसलाई १२ प्रतिशत नघाएर बैंकले उदाहरण प्रस्तुत गरेको छ । जगेडा कोषमा पर्याप्त रकम नभएकाले बैंकले गत बर्षहरुमा लगानीकर्तालाई लाभांश खुवाउन नसकेको साँचो हो तर आगामी दिनहरुमा नेपाल बैंकबाट आकर्षक लाभांशको अपेक्षा गर्नु स्वभाविक ठहर्छ । सरकारको हिस्सामा रहेको ६२ प्रतिशत सेयर निजी क्षेत्र वा रणनीतिक साझेदारलाई बेच्ने निर्णय भईसकेकाले अबका दिनहरुमा बैंकको प्रगति झन् हेर्न लायक हुने आँकलन गरिएको छ । प्रस्ताबित २३.७४ प्रतिशत हकप्रदले चुक्ता पूँजी आठ अर्ब पुग्दा पूँजीगत हिसाबले पनि बैंक सबल हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।