नेपाल एसबिआई बैंकको एफपीओ नपरेको पैसा कहिलेबाट फिर्ता ?

Feb 07, 2017 merolagani

नेपाल एसबिआई बैंक (SBI)ले एफपीओमा आवेदन गरेका आवेदकलाई माघ २८ गते शुक्रबारबाट शेयर नपरेको पैसा फिर्ता गर्ने भएको छ । बैंकले निष्काशन गरेको ६७ हजार सात सय ६७ कित्ता थप नयाँ सेयर (एफपीओ) माघ २३ गते बाँडफाँड गरेको थियो । बैंकले आवेदकले फारम बुझाएकै स्थानबाट रकम फिर्ता पाउन सक्ने जनाएको छ । 

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले  बैंकको नयाँ सेयर छ हजार सात सय ७० जनालाई बाँडफाँड गरिएको जनाएको थियो । बैंकको सबैभन्दा धेरै ११ कित्ता एफपिओ जम्मा सात जनाले पाएका थिए ।

बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ८७१ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ९७१ रुपैयाँका दरले ६७ हजार ७ सय ६७ कित्ता एफपीओ पुस १० देखि १३ गतेसम्म निष्काशन गरेको थियो । बैंकले संस्थापक शेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७०ः३० कायम गर्न  एफपिओ जारी गरेको थियो ।

एसबिआई बैंकको एफपिओमा तपाईलाई सेयर पर्यो कि परेन ? नतिजा यसरी हेर्नुहोस्

आईपीओ भन्दा सस्तो लागतमा दोस्रो बजारमा सेयर पाईरहेको बेला एफपीओमा मरिहत्ते गर्दा यस्तो भयो

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।