एनआईसी एशिया बैंकलाई धितोपत्र बोर्डले सोध्यो स्पष्टिकरण

Feb 08, 2017 Merolagani

एनआईसी एशिया बैंक(NICA)ले आफ्नो स्वामित्वमा रहेको बिभिन्न कम्पनीका दुई करोड २० लाख भन्दा बढी कित्ता सेयर तथा ईकाईहरु तीन दिने लिलाममार्फत बेचेर दोस्रो बजारलाई प्रभावित पार्न खोजेकोमा नेपाल धितोपत्र बोर्डले स्पष्टिकरण सोधेको छ ।


मेरोलगानी डटकमले एनआईसी एशियाले सेयर बजारमा भय र त्रास सिर्जना गर्ने गरी रहस्यमय ढंगले सेयर लिलामको सूचना निकालेको बारेमा बिशेष समाचार प्रबाह गरेपछि धितोपत्र बोर्डको ध्यानाकर्षण भएको हो ।

एनआईसी एशिया बैंकले किन खेल्यो सेयर बजारलाई ध्वस्त पार्ने आत्मघाती खेल ?

बोर्डले एनआईसी एशियाले आफ्नो स्वामित्वमा रहेको सेयर दोस्रो बजार मार्फत बेच्नु पर्ने नियम रहेकोमा किन लिलाम मार्फत बेच्न लागिएको हो भनी स्पष्टिकरण पेश गर्न पत्र काटेको हो । बोर्ड सम्बद्ध सुत्रका अनुसार यससम्बन्धी पत्र एनआईसी एशियाको कार्यालयमा पठाईसकिएको छ ।

लौ किन्नुहोस् तीन दिन भित्र लिलाममा दुई करोड २० लाख कित्ता सेयर

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।