नेप्सेले पनि सोध्यो एनआईसी एशियालाई स्पष्टिकरण, लिलाम सूचना नियम प्रतिकुल

Feb 08, 2017 Merolagani

नेपाल स्टक एक्सचेन्ज ( नेप्से) ले पनि एनआईसी एशिया बैंक(NICA)लाई स्पष्टिकरण सोधेको छ । मेरोलगानी डटकमले एनआईसी एशिया बैंकले सर्बसाधारण लगानीकर्तामा त्रास सिर्जना गराउन आफ्नो स्वामित्वमा रहेको सामुहिक लगानी कोषको ईकाई तथा सेयर गरी दुई करोड २० लाख कित्ता तीन दिने लिलाममा निकालेको समाचार ब्रेक गरेर नियमनकारी निकायहरुको ध्यानाकर्षण गराएको थियो ।

लौ किन्नुहोस् तीन दिन भित्र लिलाममा दुई करोड २० लाख कित्ता सेयर

नेप्सेले एनआईसीले आफ्नो स्वामित्वमा रहेको म्युचुअल फण्ड तथा सेयर बिक्रीको तीन दिने बोलपत्र आब्हान सम्बन्धी सूचना विद्यमान  नियम प्रतिकुल भएकाले सो सम्बन्धमा के भएको भन्ने अबिलम्ब जानकारी गराउनु भनी स्पष्टिकरण सोधेको हो ।

 

यसअघि धितोपत्र बोर्डले पनि एनआईसी एशियालाई स्पष्टिकरण सोधिसकेको छ ।

एनआईसी एशिया बैंकले किन खेल्यो सेयर बजारलाई ध्वस्त पार्ने आत्मघाती खेल ?

नेप्सेका प्रबक्ता मुराहरी पराजुलीद्धारा जारी बिज्ञप्तिमा “बैंककोस्वामित्वमा रहेको म्युचुअल फन्ड तथा सेयरको बिक्री बोलपत्र आह्वान सम्बन्धी ३ दिनेसार्वजनिक सूचना” प्रकाशित गरेको सन्दर्भमा उक्त सूचना धितोपत्र बजारकोसदस्यता तथा कारोबार विनियमावली २०५५ को विनियम १८ प्रतिकुल देखिएको हुदाँ सो सम्बन्धमा के भएको हो सो को जानकारी अविलम्ब उपलब्ध गराउन नेप्सेले निर्देशन दिएको उल्लेख छ ।

comments powered by Disqus

सिटिजन लाइफको लाभांश घोषणा

May 06, 2024 09:47 AM

सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।