युनाईटेड मोदीले फागुन १९ गतेदेखि आईपीओ निष्काशन गर्ने,कहाँबाट गर्न सकिन्छ आवेदन ?

Feb 20, 2017 merolagani

युनाईटेड मोदी हाईड्रोपावर लिमिटेड (UMHL) ले फागुन १९ गतेदेखि सर्वसाधरण लगानीकर्ताका लागि १७ लाख २५ हजार कित्ता साधरण सेयर जारी गर्ने भएको छ । जलविद्युत्त कम्पनीले एक सय रुपैँया अंकित दरमा आईपीओ निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले कम्पनीको सेयरमा न्युनतम ५० कित्ता र अधिकतम १५ हजार कित्ताको लागि आवेदन गर्न सक्नेछन् । आईपीओ सेयर भर्ने म्याद छिटोमा फागुन २३ गते र ढिलोमा चैत ३ गते बन्द हुनेछ ।

कुश्माको मोदीखोलामा दुईवटा जलविद्युत्त आयोजनाको प्रर्वद्धन गरेको कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय बासिन्दालाई सेयर वितरण गरिसकेको छ । दश प्रतिशत सेयर आयोजना प्रभावितलाई वितरण गरेको कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । जसमध्ये ८६ हजार दुई सय ५० कित्ता सेयर सामुहिक लगानी कोष र ३४ हजार पाँच सय कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी १६ लाख चार हजार दुई सय ५० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन गर्नु पर्ने हुन्छ । 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल रहेको छ । कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ । यो ग्रेडले कम्पनीको सबै पक्षहरू बलियो रहेको संकेत गर्छ ।

कम्पनीले पर्वत जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता साधरण सेयर निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ । स्थानियलाई सेयर वितरण गरेपछि कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि फागुन १९ गतेदेखि सेयर निष्कासन गर्न लागेको हो ।

२०६९ मा निर्माण सम्पन्न भएको तल्लो मोदी ‘ए’ बाट १० मेगावाट जलविद्युत उत्पादन गरिरहेको कम्पनीले अर्को आयोजना तल्लो मोदी–२ पनि निर्माण गर्देछ । १०.५ मेगावाट विद्युत उत्पादन हुने यो आयोजनाको विद्युत खरिद विक्री संझौता भइसकेको छ ।

पहिलो आयोजनाबाट ०६९ असोजदेखि उत्पादन सुरु गरेको युनाइटेड मोदीले सोही आयोजना नजिकै अर्को आयोजना सुरु गर्न लागेको हो । आयोजनाको ड्याम सदरमुकाम नजिकैको चुवा र पावर हाउस मोदी बेनीस्थित कालीगण्डकीको दोभानमा रहने छ ।

कहाँ कहाँबाट गर्ने आवेदन ?

कम्पनीको साधारण सेयरमा धितोपत्र बोर्डबाट आस्बा प्रणालीको सेवा प्रदान गर्न स्वीकृती प्राप्त गरेका बैंक तथा वित्तिय संस्थाहरुबाट आवेदन गर्न सक्नेछन् । पुरानै तरिकाले आवेदन गर्नेका लागि सेयर विक्री प्रबन्धक एनआईबीएल क्यापिटल लाजिम्पाट, सि.बी.आई.एल क्यापिटल डिल्लीबजार, काठमाडौं क्यापिटल कमलादी, भिबोर क्यापिटल ललितपुर,गोर्खाज फाईनाइन्सका शाखा कार्यालयहरु डिल्लीबजार, बौद्ध, न्यूरोड, सातदोबाटो, सुर्यबिनायक, दमक, धरान, ईटहरी, नारायणगढ र बिर्तामोडबाट आईपीओमा आवेदन गर्न सक्नेछन् ।

त्यस्तै गुहेश्वरी मर्चेन्टका कार्यालयहरु हरिहरभवन, चाबहिल, हेटौडा, वीरगञ्ज र चालआली तथा आईसिएफसी फाईनाईन्सका शाखा कार्यालयहरु भाटभटेनी, बौंद्ध, मैतिदेबी, गोंगबु, पेप्सीकोला, न्युरोड, र बनेपा समेत आईपीओ संकलन गर्नेे केन्द्रमा रहेका छन् ।

यसका अलवा अन्य संकलन केन्द्रहरुमा सिनर्जी फाईनाइन्सका शाखा कार्यालयहरु कमलादी,गोंगबु, न्युरोड पोखरा, मिलनचोक बुटवल, रहेका छन् । उता हाम्रो विकास बैंक बट्टार नुवाकोट, ग्रिन डेभलपमेन्ट बैंक बाग्लुङ्ग, साझा विकास बैंक धनगढि कैलाली, टिकापुर, र महेन्द्रनगरबाट पनि लगानीकर्ताले युनाईटेड मोदीको आईपीओमा आवदन गर्न सक्नेछन् ।

           आस्बा प्रणालीबाट सेयर आवेदन गर्न अब झनै सजिलो, कुन बैंक रोज्नु हुन्छ ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।