सिनर्जीको आईपीओ नपरेको पैसा मंगलबारबाट १६ बैंकको खातामा सोझै फिर्ता हुँदै

Feb 20, 2017 merolagani

सिनर्जी हाइड्रोपावर लिमिटेडको साधारण सेयर आईपीओ नपरेको पैसा लगानीकर्ताले फागुन १० गते मंगलबारबाट फिर्ता पाउने भएका छन् । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले लगानीकर्तालाई १६ बैंक तथा वित्तिय संस्थामा खाता भएका लगानीकर्तालाई सिधै बैंक खातामा रकम भुक्तानी गर्ने भएको हो ।

कुन कुन हुन् सिधै खातामा रकम जम्मा हुने १६ बैंक ?

बिक्री प्रबन्धक सानिमा क्यापिटलले हाइड्रोको आइपीओ नपरेको पैसा १६ बैंक तथा वित्तीय संस्थामा खाता हुने लगानीकर्तालाई सिधै खातामा रकम फिर्ता गर्ने भएको हो । यसरी खातामा नै आईपीओ नपरेको पैसा फिर्ता हुने दुई बाणिज्य बैंक सानिमा र लक्ष्मी बैंक रहेका छन् ।

तपाईलाई सिनर्जी पावरको कति कित्ता सेयर पर्यो ? सेयर नपरेको पैसा फागुन १० देखि

त्यस्तै आठ विकास बैंकहरु कैलाश, ओम, टुरिजम्, एस, मुक्तिनाथ, देव,सांग्रिला, र तिनाउ रहेका छन् । छ वटा फाईनाइन्स कम्पनीहरुमा सिनर्जी, मन्जुश्री, युनिक, युनियन,प्रोग्रेशिभ, र रिलायन्स फाईनाइन्स कम्पनी रहेका छन् । अन्य बैंक तथा वित्तिय संस्थामा खाता भएका लगानीकर्ताले आबेदन दिएको स्थानबाटै फिर्ता रकम पाउनेछन् ।

८ पुस देखि १२ गतेसम्म निष्काशन गरिएको एक सय रूपैयाँ अंकित दरमा २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ फागुन ५ गते बाँडफाँड भएको थियो । जसमा १ लाख २९ हजार आवेदकबाट ६ अर्ब ८१ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।