पूँजी बृद्धिले समस्या नल्याएको दाबी गर्ने गभर्नरसंग कसरी पुग्यो बेग्लै आँकडा ?

Feb 21, 2017 Merolagani

गभर्नर डा. चिरन्जिवि नेपालले बैंक तथा बित्तीय संस्थाहरुको पूँजी बृद्धिको कारणले अहिलेको तरलता समस्या नआएको दावी गर्नुभएको छ ।

पूर्व गभर्नर डा. युवराज खतिवडा समेतले बैंक तथा बित्तीय संस्थाहरुको पूँजी बृद्धिको कारणले तरलता संकट आएको तर्क गर्दै आएका छन् । मंगलबार मौद्रिक नीति सार्वजनिक गरेपछि गभर्नरलाई मेरोलगानी डटकमले अझै ७५ अर्ब भन्दा बढीको हकप्रद र एफपीओ आउने अबस्थामा अहिलेको तरलता संकटले क्रान्तिकारी पूँजी योजनामै आघात त पार्दैन भनी सोधेको थियो ।

मेरोलगानी डटकमको प्रश्नप्रति आक्रोशित भाव ब्यक्त गर्दै गभर्नर नेपालले तथ्य विपरितको कुरा अगाडि सारेर अनाबश्यक हल्ला गरिएको आरोप लगाउनु भयो । उहाँले धितोपत्र बोर्डबाट अहिलेसम्म पाँच अर्ब बराबरको एफपीओ र नौ अर्ब बराबरको हकप्रद मात्र स्वीकृत भएकाले त्यसकै कारण अहिलेको बित्तीय संकट नआएको दावी गर्नुभयो । तर उहाँले मेरोलगानी डटकममा प्रबाह भएको समाचारमा उल्लेखित आँकडा हेर्न नभ्याउनु भएको बुझिन्छ ।

७१ अर्बको थप सेयर लगानीकर्ताले अब किन्न सक्दैनन, पूँजी बृद्धिको म्याद थपौं (तथ्य विवरणसहित)

मेरोलगानी डटकमले केही दिन अघि कम्तिमा ७१ अर्बको हकप्रद र एफपीओ आउने क्रममा रहेको भन्दै सप्रमाण समाचार प्रबाह गरेको थियो । बैंक तथा बित्तीय संस्थाका लगानीकर्ताहरुले थप कर्जा पाउने अबस्था नरहेको र बैंकका शाखाहरुले निक्षेपकर्तालाई रकम भुक्तान गर्न समेत आनाकानी गर्न थालेको बारेमा गभर्नरको ध्यानाकर्षण गराएको थियो ।

 

सेयर बजारका लगानीकर्ताहरुले सेयर धितो कर्जाको मार्जिन बढाईदिन र सुचिकृत भईनसकेका बोनस र आबेदन गरिसकिएका हकप्रद सेयरलाई मार्जिनमा गणना गरिदिन गरेको आग्रह सुनुवाई नभएको बारेमा सोधिएको प्रश्नमा उहाँले केही बताउनु भएन । बिबिध बिषयमा अरु धेरै पत्रकारले राखेका जिज्ञासाको जवाफ पनि उहाँबाट आएन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।