सेयर भर्न मात्र नभई रकम फिर्ता पाउन पनि अझै उस्तै सास्ती

Mar 09, 2017 Merolagani

तीर्थराज पौड्याल

नेपाल धितोपत्र बोर्डले प्रबिधिमा सुधार गरी साधारण सेयर आबेदन प्रक्रिया सहज बनाएको बताए पनि लगानीकर्ताहरुले सेयर आबेदन र पैसा फिर्ता लिंदा पहिले जस्तै घण्टौं लामबद्ध हुनुपरेको गुनासो गरेका छन् ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले एफपीओ नपरेको झण्डै ५० अर्ब रुपैँया विहिवारदेखि फिर्ता गर्न थाल्दा संकलन केन्द्रहरुमा लाम बस्नेहरुको पहिले जस्तै भीड देखियो । लगानीकर्ताहरुले आफ्नो पैसा फिर्ता पाउन पहिला सेयर भर्दा जत्तिकै सास्ती खेप्नु परेको गुनासो गरे ।

आश्वा प्रणाली भन्ने आयो, बैंक खातामै सेयर नपरेको पैसा फिर्ता हुन्छ भनियो तर अहिले पनि यस्तो सास्ती छ,-सिद्धार्थ बैंकको त्रिपुरेश्वर शाखामा रकम फिर्ता लिन घण्टौं पहिले लामबद्ध भएका एक लगानीकर्ताले गुनासो गर्दै भने- समय फेरिए पनि प्रवृति फेरिएन ।

लगानीकर्ता दिपक श्रेष्ठले आफुले १७० कित्ता एफपीओ आवेदन गर्दा जम्मा १० कित्ता पाएको तर ब्याज र सास्तीको सबै हिसाब जोड्दा घाटा नै लागेको बताए ।

अर्का लगानीकर्ता वुद्धिकृष्ण गौतमले नेपाल लाईफमा सेयर परेका लगानीकर्तालाई घाटा नलागे पनि सास्ती चाँही धेरै नै ब्यहोर्नु परेको बताए । ठूला लगानीकर्ताको हित हुने गरी बाँडफाँड गरिएको उनको आरोप छ ।

 लगानीकर्ता हरी रिमालले आफु नयाँ लगानीकर्ता भएको र सहकारीबाट चर्को ब्याजमा १५ लाख कर्जा लिएर आबेदन गर्दा ५९ कित्ता मात्र परेको र सास्ती खेप्दा घाटा नै लागेको बताए ।

अर्का लगानीकर्ता परशुराम नेपालले केही ठूला लगानीकर्ताहरुलाई विशेष सहुलियत दिएर सय डेढ सय जनाको फारम एउटैलाई बुझाउन दिँदा आफुहरु मर्कामा परेको दावी गरे ।

लगानीकर्ता प्रणय श्रेष्ठले आस्वा प्रणाली लागु भएपनि आफुजस्ता साना लगानीकर्तालाई शुल्कको आधारमा उपयुक्त नभएकाले पुरानै प्रकृया अनुसार आवेदन गर्दा दुख पाईएको बताए ।

लगानीकर्ता रविन्द्र निरौलाले आफुले परिवारका पाँच जनाको सेयर भर्दा एक जनालाई समेत नपरेकाले दुख मात्र खेर गएको गुनासो गरे ।

सिद्धार्थ क्यापिटलले १४ वटा बैंकमा खाता भएकालाई सोही बैंक खातामा रकम फिर्ता गरे पनि अन्यले लामो लाईन बसेर रकम फिर्ताको रसिद लिनु परेको छ । सिद्धार्थ क्यापिटलले सबै आबेदकको रकम फिर्ता बैंक खाता मार्फत गर्ने प्रक्रिया प्राबिधिक कारणले हुन नसकेको जनाएको छ । बाँडफाँड भएको सेयर भने सुचिकृत भएपछि सबैको हितग्राही खातामा नै जानेछ ।

नेपाल लाइफ र फरवार्डको रकम फिर्ता हुने, कुन-कुन बैंकमा खाता रहेका लगानीकर्ताले खातामै पैसा पाउँछन् ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।