वेष्टन डेभलपमेन्ट बैंकले चैत १३ बाट हकप्रदमा नविकेको सेयरमा लिलामी खोल्ने

Mar 09, 2017 merolagani

वेष्टन डेभलपमेन्ट बैंक (WDBL) को हकप्रदमा नबिकेको दुई लाख २५ हजार छ सय ३५ कित्ता सेयर चैत १३ गतेदेखि लिलामीमा आउने भएको छ । जसमध्ये एक लाख ६३ हजार पाँच सय एक कित्ता संस्थापक सेयर छ भने ६२ हजार एक सय ३४ कित्ता साधारण सेयर रहेको छ ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रवन्धक प्रभू क्यापिटल रहेको छ । ईच्छुक लगानीकर्ताले न्युनतम एक सय रुपैयाँमाथि अंकित मूल्य राखेर दश कित्ताको गुणांकमा प्रभू क्यापिटलमा आवेदन गर्नुपर्नेछ । आवेदकले न्युनतम एक सय कित्तादेखि अधिकतम कित्ताका लागि चैत २१ गतेसम्म आवेदन गर्न सक्नेछन् । कम्पनीले बोलकबोल नतिजा विक्री प्रवन्धकको कार्यालय कमलादीमा चैत २४ गते ११ बजे खोल्ने जाएको छ । 

बैंकले एक सय रुपैँया दरका १५ लाख ६९ हजार छ सय कित्ता हकप्रद सेयर जारी गरेको थियो । बैंकले निष्काशन गरेको हकप्रद मध्ये नौं हजार चार सय ४९ जना सेयरधनीलाई १३ लाख ४३ हजार नौं सय ६५ कित्ता हकप्रद बैंकको सञ्चालक समितिले उक्त हकप्रद फागुन ११ गते बाँडफाँड गरेको जनाएको छ ।

दाङको धोराहीमा प्रधान कार्यालय रहेको बैंकले कातिक एक गतेसम्म कायम सेयरधनीलाई शतप्रतिशत हकप्रद मंसिर २२ गतेदेखि माघ १२ गतेसम्म बेचेको थियो । हकप्रदमा पुरै सेयर नबिकेपछि लिलामी मार्फत विक्री गर्न लागिएको हो ।

लिलाममा समेत बिक्न छाड्यो हकप्रद संस्थापक सेयर, सेती फाईनान्सलाई सकस 

वेष्टर्नको खुद नाफा झण्डै सय प्रतिशतले बढ्दा जगेडा कोषमा के भयो ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।