बढ्दैछ आस्बाबाट सेयर आवेदन गर्नेको संख्या,स्टान्डर्ड चार्टर्डमा उल्लेखनीय

Mar 15, 2017 Merolagani

स्टाण्डर्ड चार्टर्ड बैंकले निष्काशन गरेको थप नयाँ सेयर (एफपीओमा) आस्बाबाट सेयर आवेदन गर्नेको संख्या उत्साहजनक देखिएको छ । सेयर निष्काशन भएको पहिलो दिनमा कुल ९२ करोड ९६ लाख ८० हजार तीन सय रुपैंयाको आवेदन परेको प्रारम्भिक तथ्यांक आएको छ । 

उक्त रकम मध्ये २४ करोड ५९ लाख ६८ हजार रुपैंयाको सेयर आवेदन आस्बाबाट परेको छ । धितोपत्र बोर्डले ४७ बैंक तथा वित्तीय संस्थाका २०६० शाखाबाट सेयर आवेदन गर्न सकिने व्यवस्था गरेसँगै आस्बाबाट सेयर आवेदन गर्नेको संख्या बढेको हो ।

यस अघि फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स र युनाइटेड मोदी हाइड्रोको साधारण सेयरमा मात्र आस्बाबाट सेयर आवेदन गरेका लगानीकर्ताले तेस्रो पटक स्टाण्डर्ड चार्टडको एफपीओमा आस्बाबाट सेयर आवेदन गरेका हुन् । तोकिएको स्थानमा लाइन लागेर सेयर आवेदन गर्नु पर्ने झण्झटलाई पन्छाउँदै लगानीकर्ताले आस्बाबाट सेयर आवेदन गर्न थालेका हुन् ।

चार्टर्डको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार पहिलो दिनको सेयर आवेदनको  तथ्यांक अनुसार कुल नौ हजार एक सय एक आवेदन परेकोमा आस्बामा सहभागि १८ बैंक तथा वित्तीय संस्थाबाट मात्र एक हजार ३० वटा आवेदन परेको हो । अरु आस्बा सदस्य बैंकबाट तथ्यांक आउन बाँकी छ । क्यापिटलका अनुसार सामान्य प्रकृयाबाट आठ हजार ७१ वटा सेयर आवेदन परेको छ । 

मंगलबार साँझसम्ममा १८ आस्बा सदस्य बैंकले दिएको उल्लेखित तथ्यांक बुधबार बिहानसम्ममा बढेको पनि क्यापिटलले जनाएको छ । जस अनुसार कुल एक अर्ब चार करोड रुपैंया बराबरको सेयर आवेदन परेको बताइएको छ । यो अन्तिम नतिजा भने हैन ।

आस्बाबाट सेयर आवेदन गर्दा आवेदन गरेको रकम आफ्नै बैंक खातामा रोक्का हुनुका साथै सेयर बाँडफाँड पश्चात दोहोर्याएर सेयर आवेदन गरेको स्थानमा जानु नपर्ने भएकाले उत्साह बढेको हो ।

 

         आस्बाबाट सेयर आवेदन गर्न यसरी हुँदैछ झनै सजिलो, २०६० स्थानमा पाइन्छ सेवा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।