ज्योति र पुर्णिमा विकास बैंक हकप्रदको स्वीकृति माग्दै पुगे धितोपत्र बोर्ड

Mar 30, 2017 Merolagani

ज्योति (JBBL) र पुर्णिमा विकास बैंक (PURBL) हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका छन् । यस अघि नै साधारण सभाबाट हकप्रदको प्रस्ताव पारित गराएका दुई संस्था निर्धारित समयमा पूँजी बढाउने लक्ष्य लिएर बोर्डसँग हकप्रदको अनुमतिका लागि पुगेका हुन् ।

ज्योतिले एक बराबर एकको अनुपातमा हाल कायम चुक्ता पूँजी बराबरको हकप्रद निष्काशनको अनुमति मागेको हो । ज्योतिले हाल कायम पूँजीले हुन आउने एक करोड १० लाख ४३ हजार एक सय ७१ कित्ता सेयर निष्काशनको अनुमति माग गरेको छ ।

त्यसै गरी पुर्णिमा विकास बैंकले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति माग गरेको हो । पुर्णिमाले हाल कायम पूँजीको २५ प्रतिशतले हुने आठ लाख ८० हजार नौ सय ६२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

अहिले ज्योतिको चुक्ता पूँजी एक अर्ब १० करोड ४३ लाख १७ हजार रुपैंया छ । प्रस्तावित हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब २० करोड ८७ लाख रुपैंयाको हाराहारीमा पुग्नेछ । केही दिन अघि मात्र राप्ती भेरी विकास बैंकलाई खरिद गर्ने सम्झौता गरेको बैंकले उक्त लिय पश्चात चुक्ता पूँजी दुई अर्ब ३७ करोड हाराहारीमा पुग्ने बैंकले जनाएको छ ।

उता ३५ करोड २३ लाख रुपैंया चुक्ता पूँजी भएको पुर्णिमाले २५ प्रतिशत हकप्रदबाट चुक्ता पूँजी ४४ करोड रुपैंया नघाउने भएको हो । चालु आर्थिक वर्षको कमाई तथा अन्य कुनै विकल्पबाट ज्योतिले चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैंया पुर्याउनेछ भने पुर्णिमाले पनि सोही अनुसार छ करोड हाराहारीमा पूँजी वृद्धि गरी ५० करोड रुपैंया पुर्याउनेछ ।

          राप्ती भेरी बेचिए पछि हकप्रदमा उचालिनेले यसरी जिल खाए, ज्योतीमा भयो विलय

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।