सगरमाथा र पोखरा फाइनान्सले तेस्रो त्रैमासमा के गरे ?

Apr 20, 2017 Merolagani

सगरमाथा फाइनान्स तथा पोखरा फाइनान्सले पूँजीसँगै कमाईमा पनि राम्रो सुधार गरेको वित्तीय विबरण सार्वजनिक गरेका छन् । सगरमाथाको पूँजी झण्डै दोब्बरले बढ्दा कमाई पनि उस्तै अनुपातमा बढेको छ । उता पोखरा फाइनान्सले थोरै पूँजी बढाउँदा पनि कमाई भने दोब्बरले बढाएको छ ।

समिक्षा अवधिमा सगरमाथाले चुक्ता पूँजी ३१ करोड ८७ लाख रुपैंयाबाट ६६ करोड ४७ लाख रुपैंया पुर्याएको छ । यस अवधिमा उसले आफ्नो कमाई छ करोड २२ लाख रुपैंयाबाट बढाएर १० करोड १४ लाख रुपैंया पुर्याएको हो ।

उता पोखरा फाइनान्सले पनि समिक्षा अवधिमा चुक्ता पूँजी ४९ करोड ११ लाख रुपैंयाबाट ५५ करोड ७४ लाख रुपैंया पुर्याएको छ । यो अवधिमा फाइनान्सले आफ्नो खुद नाफा भने भारी मात्रामा बढाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा तीन करोड ५८ लाख रुपैंया खुद नाफा गरेको फाइनान्सले अहिले सात करोड दुई लाख रुपैंया खुद नाफा कमाएको छ ।

सेञ्चुरी कमर्शियल बैंकसँग विलय सम्झौता गरेको सगरमाथाको जगेडा कोषमा ३३ करोड रुपैंया सञ्चित छ भने पोखराको १९ करोड सञ्चित छ । सगरमाथाको प्रतिसेयर आम्दानी २० रुपैंया ३५ पैसा रहेको छ भने पोखराको १६ रुपैंया ८४ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।