बुधबारदेखि रोकिएको अरुण काबेलीको सेयर कारोबार खुल्यो

Apr 23, 2017 merolagani

अरुण काबेली पावर लिमिटेड (AKPL) को वैशाख १० गते आईतबारदेखि नेप्सेले कारोबार खुला गरेको छ । गत आईतबारदेखि सेयर खुला गरेको अरुण काबेली पावर लिमिटेडको कारोबार सिडिएससीको पत्रअनुसार डाटा अपडेटको लागि भन्दै वैशाख ६ गते बुधबारदेखि रोकिएको थियो ।

आफै सेयर रजिष्टार रहेको कम्पनीले केही लगानीकर्ताको खातामा दोहोरिएर सेयर गएको कारणले सेयर कारोबार रोक्न अनुरोध गरेको र सिडिएससीको पत्रअनुसार सेयर कारोबार रोक्का भएको थियो । यसअघि गत हप्ताको आाइतबार र मंगलबार दुई दिन कारोबार भएको कम्पनीको दुवै दिन दश प्रतिशतले बढेको कम्पनीको सेयरमूल्य यो साताको आईतबार पनि दश प्रतिशतले बढेको छ ।

किन रोकियो अरुण काबेलीको सेयर कारोबार ?

कम्पनीले १ करोड ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत गराएपनि सर्वसाधरणका लागि वितरण गरेको २९ लाख १० हजार कित्ता सेयरको मात्र नेप्सेमा कारोबार खुलेको थियो ।

सर्वसाधारणमा ३० करोड रुपैयाँको शेयर बाँडफाँड पश्चात चुक्तापूँजी १ अर्ब ५० करोड पुगेको छ । अरुण काबेली अरुण भ्याली हाइड्रो पावरको सहायक कम्पनी हो । कम्पनीले पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बी वान जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।