छ्याङ्दी हाइड्रोले पाँच लाख ४० हजार कित्ता साधारण सेयर सेयर जारी गर्ने

Apr 24, 2017 merolagani

छ्याङ्दी हाइड्रोपावर कम्पनी (CDHL) ले पाँच लाख ४० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशनको अनुमति  धितोपत्र बोर्डबाट पाएको छ । अब कम्पनीको आईपीओ दुई महिना भित्रमा निष्काशन हुनेछ । धितोपत्र बोर्डबाट निष्काशनको अनुमति पाएको दुई महिना भित्रमा आईपीओ निष्काशन गर्नुपर्ने प्रावधान रहेका छ ।

कम्पनीले चुक्ता पूँजीको २० प्रतिशत अर्थात ५ करोड ४० लाख रुपैयाँको पाँच लाख ४० हजार कित्ता आईपीओ  सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

आईपीओ निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई सेयर विक्री प्रवन्धक नियुक्त गरेको छ। यसअघि लमजुङ जिल्लाका आयोजना प्रभावितका लागि छ्याङ्दी हाइड्रोले दुई लाख ७० हजार कित्ता साधारण सेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

वि सं २०६४ साल भदौमा प्राईभेट कम्पनीको रुपमा स्थापना भएको जलविद्युत्त कम्पनीको आईपीओले ईक्रा ४ रेटिङ पाएको छ । कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैँया रहेको छ । लमजुङको फलेनी र वन्सार गाविसको मध्य भागमा रहेको छन्दी खोलामा निर्माण सम्पन्न भएको २ मेगावाट क्षमताको जलविद्युत आयोजनाले नियमित विद्युत उत्पादन सुरु गरी केन्द्रिय प्रशारण लाइनबाट विद्युत बितरण गरिरहेको छ । उसले ४ मेगावाटको अपर छ्याङ्दी आयोजना समेत निमार्ण गर्दैछ ।

आईपीओ निष्काशनको अनुमति माग्दै छ्याङ्दी हाइड्रो पुग्यो धितोपत्र बोर्ड

छ्याङ्दी हाइड्रोको साधारण सेयर बाँडफाँड (बाँडफाँड मोडल सहित)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।