रिडी हाईड्रोपावर कम्पनीको पूँजी बढ्दा, आम्दानी घट्दो

May 09, 2017 merolagani

चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा रिडी हाईड्रोपावर कम्पनी (RHPC) को चुक्ता पूँजी ४३ प्रतिशतले बढेपनि खुद नाफामा कमी आएको छ । कम्पनीको चुक्ता पूँजी गत वर्षको यही समयमा ३३ करोड रुपैयाँबाट १४ करोड बढेर ४७ करोड २३ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही समयमा खुद नाफा ६७ लाख ३ हजार नाफा कमाएकोमा आम्दानी घटेसँगै ५४ लाख ४२ हजार रुपैयाँमा सिमित भएको छ ।

रिडी हाईड्रोपावरले विद्युत विक्रीबाट एक करोड ५ लाख ९० हजार आम्दानी गरेको रिडीको जगेडा कोषमा तीन करोड ८६ लाख सञ्चित रहेको छ । कम्पनीको वित्तीय विवरण अनुसार गत वर्ष एक करोड ३१ लाख ४८ हजार आम्दानी गरेकोमा २५ लाख रुपैयाँ घटेर एक करोड ६ लाख २२ हजारमा आईपुगेको छ । कम्पनीले ७१ लाख ८६ हजार प्राप्त गर्न बाँकी रहेको छ भने कम्पनीले तिर्नुपर्ने दायित्व ६२ करोड २४ लाख रुपैयाँ रहेको छ । जसको एक करोड ५४ लाख ३४ हजार रुपैयाँ बैंक मौजात रहेको छ ।

हालसम्म १४ करोड एक लाख रुपैयाँ लगानी गरेको कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक एक दशमलव १५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९१.३ गुणा रहेको छ ।

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।