कालिका माइक्रोक्रेडिटको नाफा २३ प्रतिशतले बढ्यो, निष्कृय कर्जा कति ?

May 12, 2017 merolagani

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट (KMCDB) ले चालु आर्थिक बर्षको तेस्रो त्रैमास अर्थात चैत्र मसान्तसम्ममा २३ प्रतिशतले बढाएर दुई करोड सात लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक बर्षको यसै अवधिको तुलनामा बैंकको नाफा ३८ लाख ९० हजार रुपैयाँले बढेको हो ।

पाँच करोड रुपैयाँ चुक्तापुँजी रहेको लघुवित्तको जगेडाकोषमा आठ करोड २२ लाख रुपैयाँ रहेको छ । यसअवधिमा लघुवित्तले २८ करोड ३२ लाख रुपैयाँ सदस्यहरु मार्फत निक्षेप संकलन गरेको छ भने १९ करोड ५८ लाख कर्जा सापट लिएको छ । साथै लघुवित्तले ६० करोड ४३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसवाट कम्पनीले २६.८२ प्रतिशतले खुद खुद व्याज आम्दानी बढाएर पाँच करोड १६ लाख रुपैयाँ कमाएको छ ।

साथै लघुवित्तको यसअवधिमा खराबकर्जा १.८३ प्रतिशतमा बढेको छ । लघुवित्तको निस्कृय कर्जा बढेपछि सम्भावित जोखिमको रकम समेत २८ लाख रुपैयाँले बढाएर ७० लाख ५२ हजार राख्दा ३५ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।

लघुवित्त कम्पनीको प्रतिसेयर आम्दानी ५५.३९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६४.४७ रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको खुद मुनाफाबाट ६५ प्रतिशत बोनश वितरण गरेको कम्पनीको पूँजीकोष २३.४१ प्रतिशत, तरलता अनुपात ८.०४ प्रतिशत,र मूल्यआम्दानी अनुपात ३१.०९ गुणा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।