सरकारी नियन्त्रणको राष्ट्रिय बाणिज्य बैंक पनि प्रगतिको पथमा

May 16, 2017 merolagani

सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक (RBB) चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको नाफामा २८.१२ प्रतिशतले बृद्धि भएको छ । बैंकको नाफा गत बर्ष तेस्रो त्रैमासमा एक अर्ब ६१ करोड रहेकोमा यस बर्ष दुई अर्ब सात करोड रुपैयाँ पुगेको हो । बैंकको यो अवधिमा खराब कर्जा अनुपात २.७ प्रतिशतमा झरेको छ । गत बर्ष बैंकको निष्कृय कर्जा ३.५२ प्रतिशत रहेको थियो ।

बैंकको निक्षेप संकलन तथा कर्जा परिचालनमा सुधार देखिएको छ । समिक्षा अवधिमा बैंकले एक खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन तथा एक खर्ब एक करोड रुपैयाँ कर्जा परिचालनबाट चार अर्ब ६७ करोड रुपैयाँ खुद व्याज आम्दानी र एक अर्ब ८१ करोड रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

८ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडाकोष भने दुई अर्ब नौं करोड रुपैयाँ  रहेको छ ।

बैंकले संभावित जोखिम वापत ९५ करोड ४९ लाख रुपैयाँ राखिएको छ भने संभावित जोखिम वापत फिर्ता ६६ करोड ४२ लाख रुपैयाँ उठाएको छ । बैंकको पूँजीकोष ११.४७ प्रतिशत रहेको छ ।

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।