सिभिल बैंकलाई तत्काल सुधार्न सेयरधनीहरुले दिए कडा अल्टिमेटम, खराब कर्जा असुल्न समिति बन्यो

May 18, 2017 Merolagani

सांसद ईच्छाराज तामाड.ले लामो समय अध्यक्ष भएर नेतृत्व गरेको सिभिल बैंक(CBL) संस्थागत सुशासनको कमी र कमशल धितोमा कर्जा प्रबाहको कारणले समस्यामा पर्दै गएपछि सेयरधनीहरुले तत्काल बैंकमा सुधार गर्न ब्यवस्थापनलाई कडा अल्टिमेट दिएका छन् ।

बिहीबार राजधानीमा भएको बैंकको छैटौं साधारणसभामा बोल्ने साधारण सेयरधनीहरुले बैंकको चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक बित्तीय बिबरणले डरलाग्दो संकेत गरेको भन्दै बैंकमा तत्काल सुधार गर्नुपर्ने आवाज उठाए ।

बैंकको खुद नाफामा ह्रास आउनुका साथै निस्क्रिय कर्जा अनुपात बढ्दै गएकोमा संचालक समिति र ब्यवस्थापन पूर्ण रुपमा जिम्मेवार रहेको सेयरधनीहरुको आरोप थियो । उनीहरुले आउने असारसम्म बैंकलाई सुधार नगरे सेयरधनीहरुले नै छानविन समिति बनाएर दोषीहरुमाथि कारबाहीको लागि दबाब दिने चेतावनी दिए ।

सिभिल बैंक तत्काल नसुध्रिए राष्ट्र बैंकको कारबाही भोग्नुपर्ने भएपछि ऋण उठाउँन कडा रणनीति

साधारणभामा बोल्दै अध्यक्ष अम्बिर बोगटीले खराब कर्जा असुली गरी बेंकलाई सुधार गर्न समिति गठन गरिएको र आगामी दिनमा बैंक सुध्रिएर जाने बताएका थिए । सांसद ईच्छाराज तामाड.ले संचालक समितिको अध्यक्षबाट राजीनामा गरेको भनिए पनि साधारणसभाको मन्चमा उनी नै प्रमुख भुमिकामा रहेको देखियो ।

सिभिल बैंकले २.८८ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताब पारित गर्नुका साथै ३० प्रतिशत हकप्रद जारी गर्ने प्रक्रिया अगाडि बढाउँन संचालक समितिलाई अख्तियारी दिएको छ ।

बैंकले हामा र युनिक फाईनान्सलाई प्राप्ति गर्ने र उनीहरुको स्वाप रेसियो क्रमशः ९० र ८९ प्रतिशत तोकेको छ । बिगतमा आईएलएफसी फाईनान्सलाई गाभेको बैंकको अबस्था क्रमशः खस्कदै गएकोमा हामा र युनिकलाई प्राप्ति गरेपछि अबस्था झन बिग्रने चिन्ता सेयरधनीहरुले ब्यक्त गरेका छन् ।

बैंकले आफुमा अरु संस्था मर्ज वा एक्विजिशन गर्ने र आफु पनि अरुसँग मर्ज र एक्विजिशनमा जानसक्ने गरी संचालक समितिलाई अख्तियारी पनि लिएको छ ।

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।