तनहुँ सेती जलविद्युत् आयोजनाः चालिस करोड मुआब्जा वितरण

May 26, 2017 merolagani

 तनहुँ सेती जलविद्युत् जलविद्युत् आयोजनाले हालसम्म  ४० करोड २४ लाख मुआब्जा वितरण गरेको छ । आगामी मङ्सिरदेखि निर्माण प्रक्रिया शुरू गर्ने लक्ष्यका साथ आयोजनाले मुआब्जा वितरणको प्रक्रियालाई अगाडि बढाएको हो । चालू आवको बजेट वक्तव्यमा सो आयोजनाको प्रभावितका लागि  ४२ करोड मुआब्जा वितरण गर्ने लक्ष्य राखिएको थियो ।

आयोजनाको कुल एक हजार २ सय रोपनीमध्ये हालसम्म पचास प्रतिशतभन्दा बढीलाई मुआब्जा वितरण गरिएको आयोजनाका सञ्चारविज्ञ सचेन गौतमले बताए ।

मुआब्जा बाँड्ने क्रममा रकम अपुग भएका खण्डमा थप बजेट विनियोजन गरेर भए पनि निर्माण अगाडि बढाइने आयोजनाले बताएको छ । 

आयोजनाले घरजग्गाको मात्रै नभई घर टहरा, गोठ, फलफूल, तथा अन्य भौतिक संरचनाको समेत मुआब्जा एवम् क्षतिपूर्ति वितरण गर्दै आएको छ । यस्तै आयोजनाको पहुँच मार्ग निर्माण तथा कालोपत्र गर्ने कार्य पनि सँगसँगै अगाडि बढेको छ ।

तनहुँको पृथ्वी राजमार्गको बेनीटारदेखि करीब दुई किमी सडक कालोपत्र भएको, आयोजना निर्माणको प्रक्रिया अगाडि बढाउने महत्वपूर्ण आधारका रुपमा रहेको ठेक्का प्रक्रियासमेत अन्तिम चरणमा पुगेको तथा प्याकेज एकअन्तरगतको ठेक्का प्रक्रियाको मूल्याङ्कन भइरहेको गौतमले जानकारी दिए । 

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।