सिद्धार्थ डेभलपमेन्ट बैंकले पारित गर्यो जनता बैंकसँग बेचिने अन्तिम प्रस्ताव

May 26, 2017 merolagani

सिद्धार्थ डेभलपमेन्ट बैंक (SDBL) को विशेष साधारणसभाले जनता बैंक (JBNL) सँग एक्विजिशनमा जान अर्थात बेचिने प्रस्ताव पारित गरेको छ । बैंकको शुक्रवार सम्पन्न साधारणसभाले जनतासँग एक्विजिशनमा जान सहमति दिएको हो ।



सिद्धार्थ डेभलपमेन्ट बैंक जनतासँग एक बराबर एक स्वाप रेसियोमा एक्विजिशनमा जान लागेको हो । यो सँगै त्रिवेणीलाई गाँभेर केही बलियो बनेको जनता बैंक सिद्धार्थ डेभ्लपमेन्ट बैंक समेत मिसिएपछी थप बलियो हुने भएको छ ।

जनता बैंकमा त्रिबेणी गभिदा पनि दुबैको स्वाप रेसियो एक कित्ता बराबर एक कित्ता कायम गरिएको थियो।

हाल सिद्धार्थको चुक्ता पूँजी एक अर्ब ४१ करोड रहेको छ । बैंकले गत वैशाख ७ गतेदेखि जेठ १० गतेसम्म ६० प्रतिशत हकप्रद सेयर बिक्री गरेर चुक्तापूँजी दुई अर्ब २५ करोड पुर्याएको छ ।

त्रिवेणीलाइ गाँभेको जनताको चुक्तापूँजी चार अर्ब ६४ करोड पुगेको छ । सिद्धार्थलाई किन्दा जनताको पूँजी ६ अर्ब ९० करोड पुग्ने देखिन्छ । आठ अर्ब पुर्याउन अपुग रकम बैंकले चालुबर्षको बोनसबाट पुर्याउने योजनामा रहेको छ ।

यता जनता बैंकका कर्मचारी भने सिद्धार्थ डेभलपमेन्ट बैंकलाई मिसाउन नहुने र मिसाएमा आफुहरुका सेवा सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका छन ।

जनता बैंकका कर्मचारीलाई कसले उचाल्यो बुर्लुक्कै ?

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।