तेस्रो त्रैमास अवधिमा आईपुग्दा ललितपुर फाईनाइन्स अवस्था सुधारउन्मुख

May 29, 2017 merolagani

राष्ट्र बैंकले समस्या ग्रस्त धोषणा गरेर कठिन अवस्थामा पगेका ललितपुर फाईनाइन्स कम्पनी (LFC) ले सुधार गर्दे लगेको छ । फाईनान्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमास अर्थात चैत्र मसान्तभित्र ११ करोड ३२ लाख ८४ हजार रुपैँया खुद नाफा कमाएको छ । यसले फाईनाइन्स कम्पनी खराब अवस्थाबाट सुधार गर्दे गरेको देखिन्छ । गतबर्ष यहि अवधिमा कम्पनी ६९ लाख १६ हजार घाटामा रहेको थियो ।

१८ करोड ७९ लाख रुपैँया चुक्ता पूँजी रहेको फाईनाइन्सको जगेडा कोष भने अझै १५ करोड ९१ लाख रुपैँया ऋणात्मक रहेको वित्तिय विवरण सोमबार सार्वजनिक गरेको छ । गत बर्ष फाईनाइन्सको जगेडाकोष १८ करोड तीन लाख रुपैँया ऋणात्मक रहेको थियो । गत बर्ष एक करोड ८५ लाख सञ्चालन घाटामा रहेको फाईनाइन्स कम्पनी यसबर्षको चैत मसान्तमा आईपुग्दा ९३ लाख नाफा गर्न सफल भएको हो ।

समिक्षा अवधिमा फाईनाइन्सले १५ करोड २३ लाख रुपैँया निक्षेप संकलन गरि ३९ करोड सात लाख रुपैँया कर्जा प्रवाह गरेको छ । यसबाट कम्पनीले एक करोड ७९ लाख खुद व्याज आम्दानी कमाएको छ । कम्पनी गत बर्षको यसै अवधिमा ६६ लाख ९३ हजार रुपैँया व्याज आम्दानी नोक्सानी व्यहोरेको थियो । खराब कर्जामा असुलीमा भने चैत सम्ममा कम्पनीले छ करोड ८९ लाख रुपैँया राईटव्याक गर्न सफल भएको छ ।

गत बर्षको चैतमा निष्कृय कर्जा अनुपात ८५.०५ प्रतिशत रहेकोमा यस बर्षको चैत मसान्तसम्ममा बढेर ९८.९५ प्रतिशतमा पुगेको छ । प्रतिसेयर आम्दानी ६०.२७ रुपैँया रहेको फाईनाइन्सको प्रतिसेयर नेटवर्थ भने १५.३१ रुपैँया मात्र रहेको छ । यसले कम्पनीको अवस्था अझै नाजुक नै रहेको देखाउँछ । फाइनाइन्स कम्पनीको तरलता अनुपात १०९.४८ प्रतिशत रहेकोले मजबुत नै देखिन्छ ।

फाईनान्सको पूँजीकोष अनुपात गतबर्ष चैतमा ११.८६ प्रतिशत ऋणात्मक रहेकोमा हाल २.०८ प्रतिशत धनात्मक बन्न पुगेको छ । यसले फाईनान्सको अवस्था विस्तारै सुधार हुँदै गएको देखिन्छ ।

अझैसम्म समस्याग्रस्त रुपमा सञ्चालनमा रहेको फाईनाइन्स कम्पनी निक्षेपकर्तालाई रकम फिर्ता गर्ने र कर्जा असुली कार्यलाई प्राथमिकता दिँदै प्रगति उन्मुख अवस्थामा रहेको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।