युनाइटेड मोदी हाइड्रोको सेयर कारोबार कतिमा खुल्यो ?

May 30, 2017 merolagani

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबारदेखि युनाइटेड मोदी हाइड्रोपावर डेभलपमेन्ट (UMHL) को शेयर कारोबार खुलेको छ । कम्पनीले गतसाता नेप्सेमा एक करोड १५ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको थियो ।



नेप्सेले युनाइटेड मोदीको पहिलो कारोबार मूल्य न्यूनतम प्रतिकित्ता १०२ रुपैयाँदेखि अधिकत्म ३०५ रुपैयाँ तोकेको छ । नेप्सेले कम्पनीको नेटवर्थको आधारमा अधिकत्तम तीन गुणासम्म मूल्य तोकेको हो । कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय दुई रुपैयाँ रहेको छ । युनाइटेड मोदीको कारोबार ‘युएमएचएल’ संकेतबाट हुनेछ। 

कुश्माको मोदीखोलामा दुईवटा जलविद्युत्त आयोजनाको प्रर्वद्धन गरेको कम्पनीले सर्वसाधरण लगानीकर्ताका लागि १७ लाख २५ हजार कित्ता साधरण सेयर जारी गरेको थियो । 

२०६९ मा निर्माण सम्पन्न भएको तल्लो मोदी ए बाट १० मेगावाट जलविद्युत उत्पादन गरिरहेको कम्पनीले अर्को आयोजना तल्लो मोदी–२ पनि निर्माण गर्देछ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।