कैलाशले पनि भन्यो :- सेयरधनीलाई बोनस वापतको कर बुझाउ

Jun 08, 2017 merolgani



कैलाश विकास बैंक (KBBL) ले सेयरधनीलाई २५ प्रतिशत बोनस वापतको कर बुझाउन सुचना प्रकाशित गरेको छ ।  बैंकले सेयरधनीलाई न्यूप्लाजा शाखाको खाता नं ९२०९०१३२१ मा आफ्नो बोनस सेयर वापतको पाँच प्रतिशतले हुन रकम जम्मा गर्न भनेको हो ।

कैलाश विकास बैंकको  गत पुस २९ गते सम्पन्न २३ औं साधारणसभाले  गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई  २५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।  बैंकले मेट्रो डेभलपमेन्ट बैंक र नेपाल फाईनान्स कम्पनीलाई गाभेर एकिकृत कारोबार सुरु गरेको हुनाले आयकर ऐन अनुसार २०७३ साल जेठ १७ गतेभन्दा अगाडि सेयर किनेका लगानीकर्ताले कर बुझाउनु पर्ने बताएको छ । 

तर जेठ १७ गते पश्चात भएको सेयर कारोबारबाट प्राप्त सेयरमा पूँजीगत लाभकर लाग्ने हुनाले यस मितिभन्दा पछि सेयर कारोबार गरी बोनस सेयरको लागि योग्य रहेका सेयरधनीले बोनस सेयरको कर वापत पाँच प्रतिशतले हुने रकम बुझाउन पर्ने बैंकले स्पष्ट पारेको छ ।

बैंकले हालसम्म पनि बोनस तथा हकप्रद डिम्याट खातामा जम्मा नभएको भएमा समेत ग्लोबल आईएमई क्यापिटलमा सम्पर्क गर्न र बोनसको कर वापतको रकम बुझाउन भनेको हो । बोनस सेयर वापतको रकम बुझाएपछि मात्र बोनस पाउने बैंकले बताएको छ ।

साथै बैंकले धितोबन्धक राखि सेयर कर्जा लिएका सेयरधनीलाई सम्बन्धीत संस्थाको स्वीकृतिपत्र लिई ग्लोबल आईएमई क्यापिटलमा सम्पर्क गर्न भनेको छ ।

 

 साईन रेसुङ्गा र फेवा विकास बैंकले सेयरधनीलाई भने :– 'बोनस बापतको कर बुझाउ'

  लौ चिन्नुहोस् आफ्ना साधारण सेयरधनीलाई हदैसम्म सास्ती दिनखोज्ने नौ कम्पनी

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

 




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।