इन्नोभेटिभ र अरनिकोलाई गाभेर सेन्चुरीले बैंकले सुरु गर्यो एकिकृत कारोबार,यस्तो छ आठ अर्ब योजना

Jun 11, 2017 MEROLAGANI

सेन्चुरी कमर्सियल बैंक (CCBL ) ले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात आइतबारदेखि एकिकृत कारोबार थालेको छ । बैंकले सेन्चुरी कमर्सियल बैंकको नामबाट कारोबार सुरु गरेको हो ।


एकिकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले गरेका हुन।

यी दुई बैंक एक्वायर गरेपश्चात बैंकको चुक्तापूँजी चार अर्ब ७१ करोड ३५ लाख पुगेको छ । साथै बैंकको निक्षेप ३८ अर्ब ५० करोड कर्जा ३५ अर्ब पुगेको छ ।

दुई कम्पनीको एक्वायर पश्चात बैंकको शाखासंजाल ५३ पुगेको छ ।

साथै सेञ्चुरीले इनोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई गाँभेपछि कायम चुक्तापूँजीको ४० प्रतिशत अर्थात एक अर्ब ८८ करोड ५४ लाख बराबरको एक करोड ८८ लाख ५४ हजार कित्ता हकप्रद शेयर बिक्री गर्नेछ ।

जसका लागि बैंकले सिभिल क्यापिट मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

बैंकले राष्ट्र बैंकले तोकेको आठ अर्ब पुँजी पुर्याउन क्रममा अल्पाइन डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स र सेति फाइनान्सलाई समेत एक्वायर गर्ने सम्झौता गरिसकेको छ ।

चालीस प्रतिशत हकप्रद र थप तीन संस्था प्राप्तिपछि बैंकको चुक्ता पुँजी करिब सात अर्ब पुग्ने देखिन्छ । चालु आर्थिक बर्षको बोनस समेत गर्दा बैंकले सहजै आठ अर्ब चुक्तापूँजी पुर्याउनेछ ।

सेञ्चुरीले तेस्रो त्रैमाससम्मा खुद मुनाफा ३१ करोड गरेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।