गैरआवासीय नेपालीले बनाएको २७ मेगावाट आयोजनाको आईपीओ बिक्री खुला, झंझट मुक्त हुन आश्वा नै रोज्नुहोस

Jun 15, 2017 Merolagani

हिमालयन पावर पार्टनर कम्पनीले  असार १ गते बिहीबारदेखि  सर्वसाधरणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको छ । । एक सय रुपैयाँ अंकित मूल्यमा कम्पनीले २१ करोड ३० लाख रुपैयाँ बराबरको २१ लाख ३० हजार ८३४ कित्ता आईपीओ निश्काशन गरेको हो । 

कम्पनीको सेयरमा कम्तिमा ५० कित्तादेखि बढीमा दश हजार कित्तासम्मका लागि   असार पाँच गतेसम्म आवेदन दिन पाईनेछ ।

कहाँ बाट गर्ने आवेदन ?

कम्पनीको साधारण सेयरमा ग्लोबल आइएमई क्यापिटल जमल, हिमालयन पावर पार्टनर लिमिटेडको कार्यालय पानी पोखरी, ग्लोबल आईएमई बैंकका विभिन्न शाखा कार्यालयहरु लगायत आश्वा सेवा अनुमति प्राप्त ५२ वटा बैंक तथा वित्तीय संस्थाका ७५ जिल्लामा रहेका दुई हजार तीन सय आठ शाखा कार्यालय मार्फत आवेदन गर्न पाइनेछ ।

सेयर आबेदन दिँदा सेयर राख्ने हितग्राही खाता नम्बर र बैंक खाता नम्बर आबश्यक पर्नेछ । 

 

 

यसअघि लमजुङका स्थानीय बासिन्दालाई १० लाख ६५ हजार ४१७ कित्ता (१० प्रतिशत) आइपीओ जारी गरेको कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत सेयर बिक्री गर्न लागेको हो ।

२१ लाख ३० हजार ८३४ कित्ता सेयरमध्ये कम्पनीले ४२ हजार ६१७ कित्ता सेयर कम्पनीका कर्मचारी र एक लाख छ हजार ५ सय ४२ कित्ता सामुहिक लगानीकोषका लागि छुट्याई सकेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

झंझटबाट मुक्त हुन आश्वाबाट आबेदन गर्नुहोस्

अहिले चलनमा रहेको सामान्य प्रणालीबाट सेयर आवेदन गर्दा फारम लिन,  रकम, फारम बुझाउन पटक पटक लाइन लाग्नु पर्ने, सेयर बाँडफाँड पश्चात सेयर नपरेको पैसा फिर्ता लिन पनि लाइन लाग्नु पर्ने लगायत समस्याबाट छुटकारा पाउन आस्बाबाट सेयर आवेदन गर्नु सहज हुन्छ । अझ कतिपय बैक तथा वित्तीय संस्थाले निशुल्क आस्बा सेवा दिएका कारण सेयर आवेदन गर्दा कुनै पनि खर्च हुने छैन ।

हेर्नुहोस् कुन् कुन् बैंकले दिन्छन् आस्बा सेवा ? 

अब पचहत्तरै जिल्लाबाट आस्बा प्रणालीको सहायताले यसरी गर्नुहोस् साधारण सेयरमा सजिलै आवेदन

नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ताहरुले कुनै पनि साधारण सेयरमा आवेदन गर्न नपाउने व्यवस्था गरिसकेको छ । यसबाट साना लगानीकर्ताहरुलाई केही राहत पुग्ने छ । साथै सबै आवेदकहरुलाई अनिवार्य रुपमा १० कित्ता सेयर दिनु पर्ने, सबैलाई १० कित्ता सेयर बाँडफाँड गर्न अपुग भएमा मात्र गोलाप्रथा गर्ने व्यवस्थाका कारण लगानीकर्ताले थोरै भए पनि सेयर पाउने आश गर्न सकिन्छ । यो पनि पढ्नुहोस् ।

...[कसरी संभव छ आईपीओमा आबेदन गर्ने सबैलाई कम्तिमा १० कित्ता सेयर ?]...

हाल कम्पनीको चुक्ता पूँजी ८५ करोड २३ लाख ३३ हजार रुपैयाँ रहेको छ । सर्वसाधारणमा प्राथमिक सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब छ करोड ५४ लाख रुपैयाँ पुग्नेछ भने संस्थापक सेयर समूहको सेयर हिस्सा ७० प्रतिशतमा सीमित हुनेछ ।

कस्तो छ हिमालयन पावर कम्पनी ?

हिमालयन पावर पार्टनर लिमिटेड २०६१ सालमा स्थापना गरिएको निजी क्षेत्रको कम्पनी हो । कम्पनीले लमजुङको दोर्दी करिडोरमा २७ मेगावाटको जलविद्युत्त आयोजना निर्माण गर्देछ । 
कुल ४ अर्ब २३ करोड ३५ लाख रुपैयाँ लगानीमा निर्माण थालिएको यो आयोजनामा ७५ प्रतिशत कर्जा र २५ प्रतिशत सेयर पुँजीबाट निर्माण गरिदै छ  ।  ०७४ मंसिरबाट व्यावसायिक विद्युत्त उत्पादन थाल्ने कम्पनीको लक्ष्य छ ।

 

गैरआवासीय नेपालीहरूले सामूहिक रूपमा लगानी गरेको दोर्दीखोला जलविद्युत्त आयोजना नेपालकै पहिलो हो ।

कम्पनीमा गैर आवासीय नेपालीको संस्था एनआरएन इन्भेष्टमेन्ट कम्पनीको ५१ प्रतिशत, आइएमइ ग्रुप र वल्र्डवाइड इन्भेष्टमेन्टमा आवद्धहरुको कुल ९.९५ प्रतिशत, उषा इन्भेष्टमेन्ट प्रालीको ६.६४ प्रतिशत, हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३.६३, बैंकर तथा व्यवसायी चन्द्रप्रसाद ढकालको १०.२९ प्रतिशत, उत्तम कुमार नेपालको ६.१२ प्रतिशत सेयर लगानी रहेको छ ।

 

comments powered by Disqus