अब पचहत्तरै जिल्लाबाट आस्बा प्रणालीको सहायताले यसरी गर्नुहोस् साधारण सेयरमा सजिलै आवेदन

Jun 14, 2017 Merolagani

साधारण सेयरमा लगानी गर्ने बिचारमा हुनुहुन्छ तर राजधानी काठमाडौ बाहिर जिल्लामा बसेकाले चाहना पुरा भएको छैन भने अब तपाइँका लागि बाटो खुलेको छ । निक्षेप सदस्य तथा आश्वा सेवा प्रदान गर्ने बैंकहरु पचहत्तरै जिल्ला पुगकाले आफ्नो खाता रहेको बैंकबाटै साधारण सेयरमा सजिलैसँग आबेदन गर्न सक्नुहुनेछ ।

सार्वजनिक निष्काशनलाई सहज बनाउने क्रममा विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्थाले आस्बा अनुमति पाएका छन् । यो सँगै सबै वित्तीय संस्थाका ७५ जिल्लामा रहेका शाखाहरुबाट लगानीकर्ताले सहजै साधारण सेयरमा आवेदन गर्न पाउने छन् ।

धेरै बैंक तथा बित्तीय संस्थाले निशुल्क आश्वा सेवा दिने घोषणा गरेकाले जिल्ला जिल्लामा रहेका लगानीकर्ता लाभांन्वित हुनेछन् । आश्वाबाट सेयर आबेदन गर्न तपाइँको सेयर राख्ने खाता अर्थात हितग्राही खाता भने हुनुपर्छ ।

धेरै बैंक तथा बित्तीय संस्थाले हितग्राही खाता खोदिदिने र तपाइँको सेयर सुरक्षित साथ राखिने डीपी सेवा समेत लिएकाले जिल्लाहरुमै यो सुबिधा उपलब्ध हुन थालेको छ ।

 

नेपाल धितोपत्र बोर्डले अन्तिम पटक राष्ट्रिय वाणिज्य बैंकलाई आस्बा अनुमति दिएसँगै यो सेवा ७५ जिल्लामा नै बिस्तार भएको हो । धितोपत्र बोर्डका अनुसार ७५ जिल्लामा रहेका ५२ बैंक तथा वित्तीय संस्थाका दुई हजार तीन सय आठ शाखाबाट लगानीकर्ताले सहज रुपमा सेयर आवेदन गर्न पाउने छन् ।

आस्बाबाट सेयर आवेदन गर्न भने आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्थामा बैंक खाता हुन जरुरी छ । यहाँ उल्लेख गरिएका बैंक तथा वित्तीय संस्थामा बैंक खाता भएका लगानीकर्ताले आस्बा वापतको शुल्क बुझाएर लाइन नबसी सहज रुपमा सेयर आवेदन गर्न सक्ने छन् । 

आस्बा प्रणालीबाट सेयर आवेदन गर्दा लगानीकर्ताले माग गरेको सेयर बराबरको रकम बैंक खातामा रोक्का हुन्छ भने सेयर बाँडफाँड पश्चात सेयर परेको रकम सम्बन्धित कम्पनीलाई बैंकले पठाई दिन्छ र बाँकी रकम स्वतः फुकुवा हुन्छ । यसबाट अहिलेको जसरी लाइन बस्नु पर्ने झण्झटको अन्त्य हुनुका साथै सेयर बाँडफाँड पश्चात सेयरनपरेको पैसा फिर्ता लिन तथा सेयर संकलन गर्न दोहोर्याएर जानु पर्दैन । लगानीकर्तालाई परेको् सेयर स्वतः डिम्याट खातामा जम्मा हुन्छ ।

केही बैंक तथा वित्तीय संस्थाले लगानीकर्ताको सहजताका लागि अनलाइन आस्बाको समेत सुरुवात गरिसकेका छन् ।

...[ईन्भेष्टमेण्ट र एसबिआईले अनलाईन आस्बाबाट यसरी लिन्छन् सेयर आवेदन]...

हेर्नुहोस्, कुन् कुन् बैंकबाट गर्न आस्बा प्रणालीबाट गर्न सकिन्छ सेयर आवेदन ? मोबाइल एपमा यो सूची नदेखिएको खण्डमा यो लिंकमा गएर पनि हेर्न सकिन्छ ।


comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।