भार्गव विकास बैंकको लिलामी सेयर कसले कति मूल्यमा सर्कार्यो ?

Jun 19, 2017 merolagani

भार्गव विकास बैंक (BHBL) ले लिलामी गरेको ८५ हजार दुई सय ३१ कित्ता सेयर बाँडफाँड गरेको छ । बैंकले सर्वसाधारण समूहको ५२ हजार ७६५ कित्ता र संस्थापक समूहको ३२ हजार ४६६ कित्ता सेयरमा शिलबन्दी बोलपत्र खुला गरी बाँडफाँड गरेको हो ।

लिलाममा राखिएको सर्वसाधारण समूहतर्फको ५२ हजार सात सय ६५ कित्ता सेयरका लागि २६५ जनाले आवेदन गरेका थिए । जसमा २७७.७८ रुपैयाँ अंकित गरी बोलपत्र पेश गर्ने लगानीकर्तालाई सेयर बाँडफाँड गरिएको विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । साधारण सेयरका लागि अधिकतम ३१७ रुपैंयाँसम्म अंकित गरी बोलपत्र आवेदन प्राप्त भएको थियो । 

त्यस्तै ३२ हजार चार सय ६६ कित्ता संस्थापक सेयरको बोलकबोलमा तीन जनाले आवेदन गरेकोमा ३ जनाले नै बैंकको सेयर सकारेका छन् । संस्थापक सेयरमा १०१ रुपैँयासम्म अंकित मूल्य राखेर बोलपत्र पेश गरेका आवेदकले सेयर सकार्ने मौका पाएका हुन् । जसमा अधिकतम १०१.५० रुपैयाँसम्मको आवेदन परेको विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । लिलामीमा सेयर नपाउने बोलकबोल दातालाई असार ११ गतेदेखि रकम फिर्ता गर्ने क्यापिटलले जनाएको छ ।

भार्गव विकास बैंकले गत फागुन २४ देखि चैत २८ गतेसम्म निष्काशन गरेको शतप्रतिशत हकप्रदमा बिक्री नभएको उक्त परिमाणको सेयर लिलामीमा राखेको थियो ।

१४ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९३ पैसाकायम गरेको छ । बैंकले चुक्ता पूँजी पुर्याउनका लागि ८० प्रतिशत हकप्रद जारी गर्ने जेठ ६ गतेको विशेष साधारणसभाबाट पारित गरेको छ । बैंकको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार प्रतिकित्ता ३०४ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।