४०.२७ मेगावाटको सुपर न्यादीमा सर्वसाधारणका लागि लगानी खुला

Jun 22, 2017 RSS

निर्माण सुरु हुनलागेको सुपर न्यादी जलविद्युत् आयोजनामा सर्वसाधारणका लागि लगानी खुला गरिएको छ । आयोजनाले लमजुङको सदरमुकाम बेँसीसहरमा विहीबार भेला आयोजना गरी लगानी खुला गरिएको जानकारी गराएको हो ।

 

भुलभुले र बाहुनडाँडामा रहेको ङादी खोलामा निर्माण गर्न लागिएको ४०.२७ मेगावाटको सो आयोजनाले प्रभावित क्षेत्र, जिल्लावासी र जिल्ला बाहिरकालाई समेत लगानी खुल्ला गरेको हो ।

आयोजना कम्पनीका अनुसार प्रभावित क्षेत्रका स्थानीयवासीले एक लाखभन्दा माथि, जिल्लाभित्रकाले तीनलाखभन्दा माथि र जिल्ला बाहिरकाले पाँच लाखभन्दा माथि लगानी गर्न पाउने आयोजना प्रवद्र्धक कम्पनीका प्रबन्ध सञ्चालक शैलेन्द्र गुरागार्इंले जानकारी दिए ।

आयोजनामा लगानी गर्नेले ५० प्रतिशतका दरले दुई किस्तामा रकम बुझाउन सक्ने उनले बताए । पहिलो किस्ता आगामी भदौ महिनामा र दोस्रो किस्ता २०७५ सालको भदौ मसान्तभित्र बुझाउन सक्ने व्यवस्था मिलाइएको छ । केही महिनाभित्रै वित्तीय व्यवस्थापन गरेर निर्माण सुरु गर्ने लक्ष्य रहेको सो आयोजनामा २०७९ सम्ममा निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने सञ्चालक गुरागार्इंले बताए ।

आयोजना सम्पन्नपश्चात् प्राधिकरणले तोकेको रेटअनुसार वर्षात्को छ महिना अवधिमा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र बाँकी छ महिना आठ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिद गर्नेछ ।

आयोजना निर्माणका क्रममा ङादी खोलाको ६.८ घनमिटर प्रतिसेकेन्ड पानीलाई ३० मिटर लामो र तीन मिटर उचाइको बाँध बाँधी तीनवटा ओरिफिम भएको तीन मिटर चौडाइ  १.५ मिटर गहिराइ भएको इन्टेक हुँदै ७२ किलोमिटर लामो तथा १८ मिटर चौडाइको बालवा थिग्र्याउने पोखरीमा ल्याइने छ ।

उक्त पानीलाई सुरुङमार्फत बाहुनडाँडाको काफलडाँडामा निर्माण गरिने सर्ज ट्याङ्क हुँदै पेनस्टक पाइपमार्फत तालकुना भन्ने ठाउँमा पावर हाउस निर्माण तथा ६९७.७ मिटर हेड प्राप्त गरी ४०.२७ मेगावाट विद्युत् उत्पादन गरिनेछ । आयोजनाको कुल ७०० करोड लागत अनुमान गरिएको छ । रासस

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।