पुरानो बसपार्कमा बन्ने भनिएको २९ तल्ले काठमाण्डौ भ्यु टावरको ठेक्का रद्ध हुने

Jul 12, 2017 RSS

- एक प्रतिशत पनि भएन काम 
काठमाण्डौंको पुरानो बसपार्कमा निर्माण हुने भनिएको २९ तल्ले काठमाण्डौं भ्यु टावर निर्माणको ठेक्का रद्ध हुने भएको छ । राष्ट्रिय समाचार समितिले प्रवाह गरेको समाचारमा काठमाण्डौं महानगरलठेकेदारको कमजारी देखाउँदै थेक्का रद्ध गर्ने तयारी गरेको उल्लेख छ । एक वर्ष बित्दा सम्म कुनै काम अघि नबढेको भन्दै महानगरले यस्तो निर्णय गर्न लागेको हो ।

काठमाडौं महानगरपालिकाले काठमाडौँ भ्यु टावर निर्माता कम्पनी जलेश्वर विकोइ स्वच्छन्दले सम्झौता भएको एकवर्ष पूरा भइसक्दा पनि लक्ष्य अनुसारको प्रगति नगरेको र प्रगति विवरणसमेत नदेखाएको भन्दै ठेक्का रद्ध गर्न लागेको हो । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्र्कीका अनुसार महानगरको सोच र लक्ष्य अनुसार टावर निर्माणको काम अघि नबढेकाले ठेक्का रद्ध गर्न लागिएको हो ।

दुई महिना अघि महानगरले टावर निर्माणको प्रगति विवरण निर्माता कम्पनीसँग माग गरेको थियो । जलेश्वर स्वच्छन्द विकोईले उक्त विबरण बुझाउन नसके पछि ठेक्का रद्ध गर्ने तयारीमा महानगर जुटेको हो ।

“काम गर्छु भनेर सम्झौता भएको एक वर्ष बितिसक्दासम्म एक प्रतिशत पनि काम भएको छैन, यसरी बस्न सकिँदैन, समयमा काम गर्ने संस्था खोज्नुपर्छ । कम्पनीलाई हालसम्म गरेको कामको क्षतिपूर्ति दिएर ठेक्का रद्द गरिनेछ”, महानगर प्रवक्ता कार्कीले भने ।

टावर नबन्ने पक्का भए पछि एक वर्ष पहिले नै कम्पनीका संचालक स्वच्छन्द निर्माण सेवाका जयराम लामिछाने र बिकोई बिल्डर्सका हुमनाथ कोइरालाले जलेश्वर हाउजिङका मनोज भेटवाललाई सबै सेयर बेचेर बाहिरिएका थिए ।

लामो समयदेखि निर्माण कार्य रोकिएको भन्दै महानगरपालिकाले हरि कुँवरको नेतृत्वमा प्रगति विवरण बुझाउन गत महिना ठेकेदार कम्पनीलाई पत्राचार गरेको थियो । कम्पनीलाई कामको अवस्था, लाग्ने समयबारे विवरण बुझाउन पत्राचार गरेको थियो । तर हालसम्म ठेकेदार कम्पनी महानगरको सम्पर्कमा छैन । कम्पनीका अध्यक्ष मनोज भेटवाल सोही समयदेखि उपचारका लागि भन्दै भारतमा बसेका छन् । बारम्बार जानकारी गराउँदा पनि ठेकेदार कम्पनीले निर्माण कार्यलाई निरन्तरता नदिएको महानगरपालिकाको आरोप छ ।

सार्वजनिक खरिद ऐनको व्यवस्था अनुसार सिधै ठेक्का रद्ध गर्न नमिल्ने भएकाले सबै प्रकृया पुरा गरेर केही समयसम्ममा महानगरले ठेक्का रद्ध गर्नेछ । सम्झौता अनुसार ठेकेदार कम्पनीले महानगरलाई ९८ लाख रुपैंया रजश्व तिरेको थियो । उक्त राजश्व तिरे पछि महानगरले औपचारिक रुपमा टावर निर्माणका लागि थेकेदार कम्पनीलाई बाटो खुल्ला गरेको थियो ।

जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सले भ्यु टावर निर्माणको ठेक्का पाए पनि लामो समय बित्दासम्म टावर निर्माणको काम सुरु गर्न सकेको थिएन । मेरोलगानीले यस अघि नै टावर निर्माण अलपत्र परेको समाचार प्रवाह गरिसकेको छ ।

काठमाडौको पुरानो बसपार्क ओगटेर २९ तले भ्यु टावर बनाउन खोज्नेहरु नै बेपत्ता !

टावर निर्माण गर्ने कम्पनी जलेश्वर स्वच्छन्द बिकोई विल्डर्सका एकमात्र हर्ताकर्ता मनोज भेटवाल धेरै तिरको कर्जा र आर्थिक संकटले गाँजेपछि अहिले स्वास्थ्य उपचारको नाममा देशै छाडेर हिडे पछि टावरको प्रगति विबरण महानगरमा नपुगेको हो ।

काठमाडौ भ्युटावर निर्माण गर्ने भन्दै सयौं ब्यक्तिबाट उठाईएको रकम लिएर मनोज सम्पर्क बाहिर भएपछि रकम दिनेहरु चिन्तामा परेका छन् भने पुरानो बसपार्क ओगटेर राखिएका मेसिनका कुरुवा र पालेहरुमा पनि अन्योल छाएको छ ।

पाँच बर्षमा २९ तले भवन निर्माण गरी संचालन गरेर ३० बर्षमा सरकारलाई हस्तान्तरण गर्ने योजना पेश गरिएकोमा पछि २०७२ सालको भुकम्पपछि १२ तले मात्र भवन बनाउने स्वीकृति दिईएको थियो ।

सुरुमा तीन अर्ब ५० करोड निर्माण लागत लाग्ने अनुमान गरिएको भए पनि अहिले त्यसको लागत बढेर पौनै पाँच अर्ब पुगेको छ । मनोज भेटवाल एक्लैले त्यो रकम कहाँबाट जुटाउलान् भन्ने आशंकाका बिच टावर निर्माणबाट महानगरले भेटवाललाई पन्छाउन लागेको हो ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।