मुक्तिनाथले पूँजी सँगै कमाई बढाउँदा कति पुग्यो प्रतिसेयर आम्दानी ?

Jul 20, 2017 Merolagani

काठमाण्डौंमा मुख्य कार्यालय स्थानान्तरण गरेको मुक्तिनाथ विकास बैंक (MNBBL) ले गत आर्थिक वर्षमा सबै सूचकमा राम्रो प्रगति गरेको वित्तीय विबरण निकालेको छ । बैंकले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.२९ प्रतिशतले खुद नाफामा बढोत्तरी गरेको छ ।

गत आर्थिक वर्षमा बैंकले ४९ करोड ६३ लाख १६ हजार रुपैंया खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षमा उसले ३५ करोड ८८ लाख ७९ हजार रुपैंया मात्र खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकले १३ करोड ७४ लाख ३६ हजार रुपैंयाले खृुद नाफा बढाएको हो ।

बैंकले ११ अर्ब २७ करोड रुपैंयाको निक्षेप संकलनलाई बढाएर समिक्षा अवधिमा १६ अर्ब ७७ करोड रुपैंया पुर्याएको छ । त्यसै गरी समिक्षा अवधिमा नौ अर्ब ९० करोड रुपैंयाको कर्जा प्रवाहलाई बढाएर १५ अर्ब ३१ करोड रुपैंया पुर्याएको छ । यसरी निक्षेप र कर्जा प्रवाहमा उल्लेख्य सुधार गर्दा पनि उसले निष्कृय कर्जा अनुपातलाई अझै सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा ०.०९ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात अहिले ०.०२ प्रतिशतमा सिमित बनेको छ ।

निष्कृय कर्जामा देखिएको सुधार, निक्षेप तथा कर्जा परिचालनमा आएको बढोत्तरीले बैंकको खुृद व्याज आम्दानी ६९ करोड आठ लाख रुपैंयाबाट बढेर एक अर्ब तीन करोड आठ लाख रुपैंया पुगेको छ । कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च बढेको बैंकले सम्भावित जोखिमका लागि पाँच करोड ६७ लाख रुपैंया रकम छुट्याएको छ ।

झण्डै ६० लाख रुपैंया राइट व्याक गरेको बैंकले कर तथा कर्मचारीका लागि छुट्याएको बोनसको आकार बढ्दा पनि खुद नाफामा भने उल्लेख्य प्रगति गरेको हो । समिक्षा अवधिमा बैंकले ८३ करोड ८४ लाख ३२ हजार रुपैंयाको चुक्ता पूँजी हकप्रद र बोनसबाट ८४ प्रतिशतले बढाएर एक अर्ब ५४ करोड ५८ लाख ३७ हजार रुपैंया पुर्याएको छ । बैंकको पूँजी र खुद नाफा वृद्धिको अनुपातलाई हेर्दा प्रतिसेयर आम्दानी सन्तुलन हुन नसकेको देखिन्छ ।

बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैंया ११ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैंया ८० पैसा थियो । बैंकको मूल्य आम्दानी अनुपात ३०.२४ गुणा बढी रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९.८ रहेको छ ।

बैंकले पूँजी वृद्धि गर्दै गर्दा पनि जगेडा कोषको आकार उल्लेख्य मात्रा बढाउन सकेको छ । अघिल्लो आर्थिक वर्षमा ५० करोड ३३ लाख ८३ हजार रुपैंया रहेको जगेडा कोषलाई बैंकले यस पटक ७७ करोड ६० लाख ८८ हजार रुपैंयाको बनाएको छ ।

केही दिन अघि मात्र धितोपत्र बोर्डले मुक्तिनाथलाई ४० प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको छ । ४० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब १५ करोड ९८ लाख दुई हजार रुपैंया पुग्नेछ ।
राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले गत आर्थिक वर्षको कमाईबाट ३४ करोड रुपैंया बराबरको बोनस बितरण गर्नु पर्ने हुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।