गरिमा विकास बैंकको खुद नाफा ३४ करोड, प्रतिसेयर आम्दानी के भयो ?

Jul 27, 2017 Merolagani

गरिमा विकास बैंक (GBBL) ले गत आर्थिक वर्षमा ३४ करोड २६ लाख ५१ हजार रुपैंया खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा २२ करोड ३७ लाख ३० हजार रुपैंया खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकको खुद नाफा ५३.१५ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८५ करोड ३२ लाख रुपैंयाबाट बढेर दुई अर्ब २० करोड रुपैंया पुगेको छ । एक वर्षको अवधिमा बैंकको चुक्ता पूँजी १५८.३५ प्रतिशतले बढेको हो । खुद नाफा वृद्धिको तुलनामा पूँजी वृद्धि धेरै भएका कारण बैंकको प्रतिसेयर आम्दानी घटेको छ । अघिल्लो आर्थिक वर्षमा २६ रुपैंया २२ पैसा रहेको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षमा १५ रुपैंया ५५ पैसामा सिमित भएको छ ।

नौ अर्बको निक्षेपलाई समिक्षा अवधिमा १४ अर्ब पुर्याएको बैंकको कर्जा परिचालन आठ अर्ब बाट १२ अर्ब पुगेको छ । यस क्रममा बैंकको निष्कृय कर्जा अनुपात ०.३० प्रतिशतबाट ०.२४ प्रतिशतमा झरेको छ ।

निक्षेप र कर्जा बढाएका कारण बैंकको खुद व्याज आम्दानी४५ करोडबाट ७४ करोड पुगेको छ । पोखराबाट काठमाण्डौंको लाजिम्पाटमा मुख्य कार्यालय स्थानान्तरण गरेको बैंकको कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च भारी मात्रामा बढेका कारण पनि बैंकको कमाई प्रभावित बनेको हो ।

बैंकको प्रतिसेयर नेटवर्थ १२८ रुपैंया ३८ पैसा तथा मूल्य आम्दानी अनुपात १९.०४ गुणाले बढी छ ।

बैंकको जगेडा कोषको आकार ३४ करोड ९६ लाखबाट ६२ करोड ५५ लाख पुर्याएको बैंकले बोनस विबरण गरेर चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैंया पुर्याउँदैछ ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।