लक्ष्मी बैंकले पनि किन झुक्यायो प्रति सेयर आम्दानीमा ?

Aug 07, 2017 Merolagani

बैंकहरुको खुद नाफा कमाई र प्रति सेयर आम्दानी गणनामा फरक पर्ने क्रम बढेर गएको छ । अघिल्लो दिन माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ हुनुपर्नेमा २३ रुपैयाँ देखाईएको बित्तीय बिबरण प्रकाशन भएकोमा भोलिपल्ट लक्ष्मी बैंक(LBL)को प्रति सेयर आम्दानी गणनामा पनि त्यस्तै गडबडी देखिएको छ ।

लक्ष्मी बैंकले गत बर्ष एक अर्ब २४ लाख ७७ हजार खुद नाफा कमाएको बित्तीय बिबरण सार्वजनिक गरेको छ । उसको चुक्ता पूँजी सात अर्ब ४७ करोड २४ लाख १२ हजार रुपैयाँ रहेकोमा ७ करोड ४७ लाख २४ हजार १२० कित्ता सेयर हुन आउँछ । सो सेयर कित्ताले खुद नाफालाई भाग गर्दा १३ रुपैयाँ ४१ पैसा प्रति सेयर आम्दानी हुन आउँछ । अहिलेसम्म प्रति सेयर आम्दानी गणना गर्दै आएको सुत्र यही हो । बैंकहरुले पछिल्ला समयमा अर्कै सुत्रले हिसाब गर्न थालेका हुन् भने अलग हो तर हिसाब फरक पर्नु नपर्ने हो ।

बैंकहरुमा शिक्षा र अनुभवले खारिएका चार्टर्ड एकाउन्टेण्टहरुले यस्तो हिसाब तयार पार्ने हुँदा सामान्य हिसाब जान्ने सर्बसाधारण समेत झुक्किने खालको बिबरण सार्वजनिक हुनु नपर्ने हो । तर त्यस्तै भईरहेको छ ।

गत बर्ष शतप्रतिशत हकप्रद, संस्था प्राप्ति गरी ३८ प्रतिशत बोेनस गरी १४६ प्रतिशतले चुक्ता पूँजी बढाएको तर खुद नाफा भने ३६.९८ प्रतिशतले मात्र बढ्दा प्रति सेयर आम्दानीमा ठूलो गिरावट आउँनु स्वभाविक छ । यसरी हिसाब गर्दा पनि गत बर्षको भन्दा प्रति सेयर आम्दानी कम हुने स्पष्ट छ तर उसको हिसाबमा गत बर्ष भन्दा बढी प्रतिसेयर आम्दानी देखाईएको छ । यस बारेमा बैंकका अधिकारीहरुसँग कुरा गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।

लक्ष्मी बैंकको खुद नाफा मेरोलगानीको पूर्व आँकलनसँग ठ्याक्कै मिलेको छ । 

बाणिज्य बैंकहरुले २०७४ मा कति खुद नाफा कमाए ? (आँकलनसहित)

लक्ष्मी बैंकको प्रगति भने सन्तोषजनक देखिएको छ । निक्षेप संकलन र कर्जाको बिस्तार धेरै गर्नसक्नु, ब्याज आम्दानी, बिदेशी मुद्रा, अन्य आम्दानी, संचालन नाफा र खुद नाफा बढाउनसक्नु उसका सफलता हुन् । तर निस्क्रिय कर्जा अनुपात केही बढेको छ । आठ अर्ब चुक्ता पूँजी पुर्याउँन उसलाई ५३ करोड रुपैयाँको मात्रै बोनस बाँडे पुग्छ तर अरु धेरै बाड्नसक्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।