नेपाल बंगलादेश बैंकको प्रगति किन भयो स्थिर ?

Aug 11, 2017 Merolagani

अरु बाणिज्य बैंकहरुले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको बिबरण पस्कदै गर्दा नेपाल बंगलादेश बैंक (NBB)भने केही सुस्ताएको जस्तो देखिन्छ ।

 

बैंकका धेरै सूचकहरु सकारात्मक नै रहे पनि खुद नाफा कमाईमा भने खासै बढोेत्तरी हुन सकेन । कोषको लागत बढ्न जाँदा ब्याज खर्च बढेको र स्प्रेड दर  कम रहेका कारणले आम्दानी खुम्चिएको अबस्था छ । शुल्क र अन्य शीर्षकबाट आम्दानी बढाए पनि निस्क्रिय कर्जा अनुपातमा सामान्य बढोत्तरी भएको छ । कर्मचारी र संचालन खर्चमा भएको बृद्धिले पनि असर पारेको छ ।

गत बर्ष ३२ प्रतिशत बोनस र ८० प्रतिशत हकप्रद जारी गरी चुक्ता पूँजीलाई चार अर्बबाट सात अर्ब २१ करोड नघाएको बैंकको प्रति सेयर आम्दानी पनि खुम्चिएको छ । यद्यपि बैंकले प्रकाशित गरेको बित्तीय बिबरणमा प्रति सेयर आम्दानी २८ देखाईएको छ ।

मेरोलगानीले नेपाल बंगलादेश बैंकको खुद नाफाका बारेमा गरेको आँकलन ठ्याक्कै मिलेको छ ।

बाणिज्य बैंकहरुले २०७४ मा कति खुद नाफा कमाए ? (आँकलनसहित)

बंगलादेशी साझेदारहरुको ४३ प्रतिशत हिस्सा रहेको बैंकले निक्षेप संकलन तथा कर्जा बिस्तारलाई जोड दिनुपर्ने र अन्य समकालीन बाणिज्य बैंकहरुको दाँजोमा पुग्नुपर्ने आबश्यकता खटकिएको छ । संकटग्रस्त अवस्थाबाट बैंकलाई माथि उठाएका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुंगानाले अब बिशेष खुवी प्रदर्शन गर्नुपर्ने बेला आएको छ । 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।