नेपाल लाइफले गर्यो दुई अर्ब ८८ करोड रुपैयाँको दाबी भुक्तानी

Aug 14, 2017 merolagani

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले दुई अर्ब ८८ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले २७ हजार १२९ वटा बीमा दाबीको लागि सो रकम खर्चिएको हो । कम्पनीले अब ७३ करोड ९४ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

नेपाल लाईफले खुद बीमाशुल्क संकलन १८.९८ प्रतिशतले वृद्धि गरि १२ अर्ब पाँच करोड रुपैयाँ संकलन गरेको छ । इन्स्योरेन्सको अभिकर्ता कमिशन समेत ७४ करोडले बढेर एक अर्ब २२ करोड खर्च गरेको छ । यसबाट कम्पनीले बीमा व्यवसाय विस्तारमा खर्च बढाएको देखिन्छ । 

नेपाल लाइफ इन्स्योरेन्सले १० लाख ४१ हजार बीमालेख संख्याबाट गत आर्थिक बर्षसम्ममा कुल ५२ अर्ब ३७ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । उसले गत आवमा मात्रै १२ अर्ब २१ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९ करोड रुपैयाँ तथा जगेडा कोषको आकार ४ अर्ब ७४ करोड बराबरको रहेको छ । कम्पनीकाे जीवनकोषको आकार ४० अर्ब २८ करोड ८९ लाख रुपैयाँ तथा महाविपत्ति कोषमा २२ करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ ।

अघिल्लो आर्थिक बर्षमा ९० करोड ६६ लाख रुपैयाँ कमाएको इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा ४१ करोड ६५ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ । बीमाङ्कीय मुल्याङकन नसमेटिएका कारढा इन्स्योरेन्सको यो खुद नाफाले कुनै महत्व राख्दैन । उसले बीमाङ्कीय मुल्याङन समेटे पछि खुद नाफाको वास्तविक आकार थाहा हुनेछ । 

बीमा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४५ पैसा तथा प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात १५९.६७ गुणा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।