समीक्षा अवधिमा चुक्ता पूँजी दोब्बर बनाएको मिसनको खुद नाफा ३ करोड ३० लाख र जगेडाकोष ११ करोड २३ लाख रुपैयाँले वृद्धि गरेको छ । उता अल्पाईनले चुक्ता पूँजी ८ करोड २० लाख , खुद नाफा १ करोड ९३ लाख तथा जगेडा कोष ७ करोड २५ लाख रुपैयाले बढाएको छ ।
३८ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको मिसनको जगेडा कोषमा १८ करोड ०९ लाख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा बैंकले २ अर्ब ७५ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब ४२ करोड १७ लाख रुपैयाँ कर्जा परिचालनबाट १७ करोड २१ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएको छ ।
२६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको अल्पाइनको जगेडा कोषमा १० करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा बैंकले १ अर्ब ९३ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन तथा एक अर्ब ५६ करोड ८७ लाख रुपैयाँ कर्जा परिचालनबाट १३ करोड ३३ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न बैंक सफल भएको छ ।
शून्य दशमलव २२ प्रतिशत निष्कृष्य कर्जा बढेको मिसनको गत आर्थिक बर्षको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६४ पैसा, प्रतिसेयर नेटवर्थ १४६.४२ रुपैयाँ, तरलता अनुपात २७.१९ प्रतिशत तथा मूल्य आम्दानी अनुपात १४.६५ गुणा रहेको छ ।
१.९४ प्रतिशत निष्कृय कर्जा अनुपात रहेको अल्पाईनको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ११ पैसा, प्रतिसेयर नेटवर्थ १४०.३६ रुपैयाँ र तरलता अनुपात ३८.७४ प्रतिशत रहेको छ ।